Rara Pharmacy

कर्णालीमा लैंगिक बहस

सेरोफेरो/सुर्खेत
कर्णालीमा लैंगिक बहस

२८ असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लैंगिक बहस शुरु भएको छ । पत्रकार बबिता बस्नेतको सहजीकरणमा सुर्खेतमा कार्यरत मिडियाकर्मीहरुबीच उक्त बहस भएको हो ।


सञ्चारिका समूह कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित २ दिने लैंगिक संवेदनशील पत्रकारिता तालिममा सहभागीहरुले लैंगिक विभेद अन्त्य गर्न पत्रकारहरुको भूमिकाबारे चर्चा गरेका हुन् । मुख्य प्रशिक्षक पत्रकार बबिता बस्नेतले पत्रकारहरु लैंगिक बजेटका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिइन् ।


वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले शनिबार उक्त कार्यक्रमको उद्घाटन गरेकी हुन् । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष कमल पन्त तथा जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारहरुका लागि यस्तो तालिम आवश्यक भएको बताए ।


पत्रकारहरुले आम जनधारणा निर्माण गर्न भूमिका खेल्ने भएकोले यस्तो विषयमा पत्रकारहरु जानकार रहनुपर्ने महसुस गरी नगरपालिकाले कार्यक्रम आयोजनाका लागि सहयोग गरेको उपप्रमुख ढकालले बताइन् ।

 

उक्त तालिमबाट सहभागीहरु धेरैनै लाभान्वित भएको समितिका महासचिव विमला खड्काले बताइन् ।

२०७६ असार २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्