Rara Pharmacy

सरकारले ३०० विद्युतिय बस खरिद गर्ने, संचालनको जिम्मा साझा यातायातलाई दिईने

सेरोफेरो/काठमाडौं
सरकारले ३०० विद्युतिय बस खरिद गर्ने, संचालनको जिम्मा साझा यातायातलाई दिईने

२ साउन । सरकारले काठमाडौंको लागी ३०० वटा विद्युतिय बस खरिद गर्ने भएको छ । विद्युतिय बस खरिद गरी संचालनको लागी साझा यातायातलाई दिईने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोेटाले बताए ।

 

काठमाडौंको यातायात चापलाई मध्यनजर गर्दे सरकारले विद्युतिय बस खरिद गर्न लागेको हो । मन्त्री बाँस्कोटाले भने 'सय जनाले साना गाडीको यात्रा गर्दा धेरै सवारी चाप हुने हुँदा ठुला बसले सय जना बोक्दा सवारी चाप घट्छ ।'  मन्त्री बाँस्कोटाले मोनोरेल र मेटे नआउने बेला सम्म साझा यसको बिकल्प हुने उनको भनाई छ ।

२०७६ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्