Rara Pharmacy

अख्तियार आरोपीको आत्महत्या

सेरोफेरो

४ साउन । परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।

 

काठमाडौंको त्रिपुरेश्वरस्थित एक भवनको छैठौं तलाबाट हाम फालेर उनले बिहीबार आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

 

लमजुङ घर भएका ६७ वर्षीय पाण्डे मुद्दा लागेपछि तनावमा थिए। कानुनी परामर्शका लागि त्रिपुरेश्वरस्थित एक ल फर्म पुगेका बेला उनले छतबाट हाम फालेका हुन् । उनी त्रिवि सेवा आयोगका पूर्वकर्मचारी हुन्।

 

अख्तियारले पाण्डेसहित त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मालगायत १० जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२०७६ साउन ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्