Rara Pharmacy

वतावरण तथा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि तालिम सम्पन्न

सेरोफेरो/सुर्खेत
वतावरण तथा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि तालिम सम्पन्न

८ साउन । सुर्खेतको वीरेन्द्रनगरमा वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रण विषयक एकदिने तालिम सम्पन्न भएको छ । हरियो वन कार्यक्रमको सहयोगमा नेचर मिडिया नेटवर्क र सञ्चारिका समुहको संयोजनमा तालिम दिईएको हो ।


कर्णाली प्रदेशका पत्रकार महिलाहरुका लागि उक्त तालिम आयोजना गरिएको थियो । जैविक विविधता रहेको कर्णाली प्रदेशमा वातावरण तथा वन्यजन्तुको संरक्षण र यसैमा आधारित अपराधका विषयमा कर्णालीका पत्रकार महिलालाई समाचार संकलन तथा सम्पादन गर्न सहज होस भन्नका लागि तालिमको आयोजना गरिएको सञ्चारिका समुहका केन्द्रिय अध्यक्ष नितु पण्डितले बताइन् ।

 

कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रखुख सचिव केबलप्रसाद भण्डारीले पत्रकार महिलाहरुलाई वातावरण संरक्षणजस्तो महत्वपूर्ण विषयमा जिम्मेवारपूर्ण रिपोर्टिङ गर्न आग्रह गरे ।

 

तालिममा २४ जना पत्रकार महिलाहरु सहभागि रहेका थिए । तालिमले वातावरण र वन्यजन्तु सम्बन्धि रिपोर्टिङमा सघाउ पुग्ने सहभागि पत्रकार महिलाले बताएका छन् ।

 

कर्णालीमा वन्यजन्तु र वातावरणिय स्रोत पनि धेरै रहेकाले यहाँ यस्तो रिपोर्टिङको थुप्रै विषय रहेको सहभागिले बताएका छन् । सञ्चारिका समुहका केन्द्रिय अध्यक्ष नितु पण्डित, वातावरण तथा वन्यजन्तु सम्बन्धि विज्ञ श्याम बजिमय, वातावरण पत्रकार पिताम्बर सिग्देल लगायतले तालिमको सहजिकरण गरेका थिए ।

२०७६ साउन ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्