Rara Pharmacy

त्रिविका प्राध्यापकले अन्यत्र पढाउन नपाउने

अन्नपूर्ण पोष्ट
त्रिविका प्राध्यापकले अन्यत्र पढाउन नपाउने

९ साउन । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने भएका छन्। त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको हो ।

 

अन्यत्र पढाउने हो भने त्रिविको अनुगमन निर्देशनालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ। यसरी अनुमति लिंदा सम्बन्धित प्राध्यापकले आंगिक क्याम्पसमा पढाइरहेको भन्दा फरक सिफ्ट हुनुपर्छ। एकै सिफ्टमा आंगिक र नीजि क्याम्पसमा पढाइरहेको पाइएमा कारबाही गरिने पनि त्रिविले जनाएको छ ।

 

त्रिविका प्राध्यापकलाई आंगिक क्याम्पसमा पढाउन छोडेर नीजिमा पढाइरहेको आरोप लाग्ने गरेको छ। त्रिविले यस्तो कामलाई न्यूनीकरण गर्न समय समयमा अनुगमन गरेपनि प्रभावकारी हुन सकेको छैन ।

२०७६ साउन ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्