Rara Pharmacy

नेकपा नेता योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, आज ४ बजे सपथ

सेरोफेरो/काठमाडौं
नेकपा नेता योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, आज ४ बजे सपथ

१५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।

 

भट्टराईले पर्यटन मन्त्रीको सपथ आज ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा लिने प्रधानमन्त्रीका राजनितिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिएका छन् ।

 

तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएको थियो । अधिकारीको निधन पछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय सम्हालेका थिए ।

तस्विर: गुगल

२०७६ साउन १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्