Rara Pharmacy

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशको पहिलो अधिवेशन सम्पन्न

सेरोफेरो/सुर्खेत

३१ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश कार्यसमिति कर्णालीको प्रथम अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनबाट प्रदेश कार्यसमिति समेत चयन भएको छ ।


अधिवेशनबाट राम बहादुर बुढाको अध्यक्षतामा १८ सदस्यीय प्रदेश समिति छनौट भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा हरिमाया कार्की, प्रथम उपाध्यक्षमा अभिशेक अनुराग, द्वितीय उपाध्यक्षमा मोहन विक्रम शाही, महिला उपाध्यक्षमा तुलसी शाही शाही चयन भएका छन् ।

 

यसैगरी सचिवमा रेशम वली, कोषाध्यक्षमा रेखा कोइराला र सह सचिवमा सुकदेव अधिकारी र तेजेन्द्र गिरी छनौट भएको नवनिर्वाचित सचिव रेशम वलीले बताएका छन् ।

 

यसैगरी सदस्यहरुमा क्रमस अर्जुन प्रसाद सुवेदी, ज्ञान बहादुर नेपाली, धन बहादुर घर्ती, कुल बहादुर वली, रङ्ग विरही कार्की, सृजना परियार, केशर थापा, जसेन परियार, याम थापा छनौट गरिएको छ ।

 

अधिवेशनको उद्घाटन समारोहमा कर्णाली प्रदेशका सामाजिक मन्त्री दल रावलको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय महासचिव सुभास केसि र केन्द्रिय सचिब कृष्ण रेउले तथा नेकपा नेता मोहन बडुवालको उपस्थिती रहेको नवनिर्वाचित सह सचिव सुकदेव अधिकारीले जानकारी दिए ।

२०७६ भदौ ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्