Rara Pharmacy

छानबिन प्रकृया नसकिदासम्म सभामुख पदबाट महराले दिए राजीनामा

सेरोफेरो
छानबिन प्रकृया नसकिदासम्म सभामुख पदबाट महराले दिए राजीनामा

१४ असोज । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस भनी छानबिन प्रकृया नसकिदासम्म राजीनामा दिएको पत्रमार्फत जानकारी दिएका छन् ।


संसद सचिवालयको महिला कर्मचारीले यौनदुर्व्यवहारको आरोप लगाएपछि मंगलबार बिहान बसेको नेकपाको सचिवालय बैठकले महरालाई सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन आग्रह गरेको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

 

महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्। महराको प्रेस सल्लाहकारले विज्ञप्ती जारी गरी यसको खण्डन गरेका थिए । साथै सभामुख महराले भने आरोप अस्वीकार गर्दे कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी गरेका छन्।

 

प्रधानमन्‍त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान महरालाई बालुवाटार बोलाएर आरोपबारे जानकारी लिदै छानबिनमा सहयोग गर्नका लागि सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन उपयुक्त हुने सल्लाह दुवै अध्यक्षले दिएको बताईएको छ।


मंगलबार उपसभामुख समक्ष राजीनामा दिएका हुन् ।

२०७६ असोज १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्