Rara Pharmacy

बुलबुले पार्कमा सुबिधा सम्पन्न शौचालय संचालन

सेरोफेरो
बुलबुले पार्कमा सुबिधा सम्पन्न शौचालय संचालन

१६ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित बुलबुले पार्कमा सुबिधासम्पन्न शौचालय संचालनमा आएको छ । सुन्दर नेपाल संस्था सुर्खेको आयोजना तथा स्वास्थ्य र स्वच्छता विकासको लागि नगर सरसफाई कार्यक्रम अन्तर्गत एसएनभि नेपालकोे सहयोगमा कुल १ करोड ९ लाख ६९ हजार ७ सय ३३ रुपैँयाको लागतमा शौचालय निर्माण गरिएको हो ।


वीरेन्द्रनगर नगरपालिकामा रहेको प्रर्यटकीय क्षेत्र बुलबुलेमा २ वटा सार्वजनिक सौचालयको निर्माण कार्य सम्पन्न भइ सुर्खेत उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरिएको छ ।

 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पर्यटकिय स्थलका रुपमा रहेको बुलबुलेको स्तारेन्नती तथा संरक्षणका लागी नगरपालिका तथा नगरविकास समितिले विषेश ध्यान दिने बताए ।


दैनिक जसो सयौँको संख्यामा बुलबुले ताल हेर्न आउने पर्यटकको संख्यामा वृद्धी गर्ने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको समेत नगरप्रमुख तथा नगर विकास समितिका अध्यक्ष समेत रहनु भएका सुवेदीको भनाई छ ।


वीरेन्द्रनगरनगरपालिका तथा नगर विकास समितिले बुलबुले क्षेत्र भित्र रहेका विभिन्न संरचनाहरुको सुरक्षामा ध्यान दिनु पर्ने नगर विकास समितिका निवर्तमान अध्यक्ष नारायण कोईरालाले बताए ।


विभिन्न सुविधा सम्पन्न अपाङ्ग मैत्री समेत भएको शौचालयबाट उद्यान घुम्न आउने आन्तरिक तथा बाह्य प्रर्यटकहरुलाई सुविधा उपलब्ध गराउने र शहरी सरसफाईलाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त शौचालयको निर्माण भएको एस.एन.भिका सल्लाहकार लेकविक्रम शाहले जानकारी दिए ।


कर्णाली प्रदेशको चिनारिको रुपमा रहेको बुलबुले क्षेत्रको सरसफाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ अत्याधुनीक शौचालय संस्थाको सहजिकरणमा निर्माण गरिएको सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले जानकारी दिए ।


शौचालयमा विभिन्न आधुनिक सुविधाहरु उपलब्ध छन् । सुर्खेत लगायत यस प्रदेशको पहिलो नमुना शौचालयले बाह्य तथा आन्तरिक पर्यटकलाई सहज हुने र उद्यानको सरसफाइमा समेत टेवा पुर्‍याउने छ ।

२०७६ असोज १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्