Rara Pharmacy

कबिन्द्र केसीको 'सिम्ता दरा' सार्वजनिक (भिडियो)

सेरोफेरो
कबिन्द्र केसीको 'सिम्ता दरा' सार्वजनिक (भिडियो)

१७ असोज । सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कबिन्द्र कुमार के.सीको नयाँ सिङ्गारु गित सिम्ता दरा सार्वजनिक भएको छ । कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तयार गरिएको सो गितलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सार्वजनिक गरेका छन् ।

 

कार्यक्रम सार्वजनिक समारोहमा मन्त्री रावतले कला संस्कृतिको धनी प्रदेशमा सवै तिर सम्भावना नै सम्भावना देखेको बताए । उनले भने 'हाम्रो प्रदेश कला, संस्कृति, भाषा, प्राकृतिक सौन्दर्यमा धनी छ । यस्तो प्रदेशमा चौतर्फि सम्भावना नै सम्भावना छ ।'


यस गितले यस क्षेत्रको कला संस्कृतिको संरक्षण गर्ने र भावी पुस्तालाई समेत दस्तावेजको रुपमा हुने सर्जक कबिन्द्र केसीले बताए ।


यस गितमा चर्चित गायिका टिका पुन तथा शिव संगितको स्वर, टिकाराम चपाईको शब्द, दिपासा विसीको नृत्य र अर्जुन सुनामको संगित रहेको छ ।

२०७६ असोज १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्