Rara Pharmacy

कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री रावलको आग्रह

सेरोफेरो
कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री रावलको आग्रह

१७ असोज । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सवै कर्मचारीहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरेका छन् । सरकार कर्मचारीको विषयमा सचेत भएको बताउदै क्षमतावान र कर्तव्य निष्ठ कर्मचारीहरु डराउनु र आक्तिनु पर्ने अवस्था प्रदेशमा नआउने बताए । कर्मचारीको व्यवस्थापन र जिम्बेवारी प्रदान गर्ने कुरामा मन्त्रालय सचेत भएको बताए । 

 

नेपालीहरुको पर्वहरु बिजया दशमी तथा दिपावलीको अवसरमा गरिको पत्रकार भेटघाट तथा मन्त्रालयको प्रगति समिक्षा कार्यक्रममा सो कुरा बताएका हुन् । मन्त्री रावलले यस वर्ष मात्र १५ जना आमाको ज्यान बचाउन सफल भएको बताए ।

 

उनले भने 'सुचना प्राप्त नभएको बाहेक समयमै जानकारी दिने आमाहरुलाई घरमै मर्नु पर्ने अवस्थाको अन्त्य भएको छ, सरकारलाई समयमा जानकारी दिन आवश्यक छ ।'


कर्णालीको प्रदेश अस्पातालको समेत क्रमिक सुधार भएको मन्त्री रावलले जानकारी दिए । साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पातालबाट भेरी अञ्चल अस्पाताल नेपालगंज पठाउनु पर्ने बाध्यता थियो तर यस वर्ष यसको अन्त्य भएको दावी गरे ।


कार्यक्रममा गत आर्थिक वर्षको प्रगति समेत सार्वजनिक गरिएको छ । जसमा सामाजिक विकास मन्त्रालयले चालु तथा पूजिगत तर्फ कुल बजेट ३ अर्व २९ करोड ९६ लाख २ हजार को ५८ प्रतिशत बजेट १ अर्व ९२ करोड ७५ लाख ५७ हजार खर्च गरेको जनाएको छ ।


कार्यक्रममा सामाजिक विकास मन्त्रलायका सचिव मनबहादुर विकले मन्त्रालयको सवै सुचना आम सर्वसाधारणले सहज रुपमा प्राप्त गर्न सुचना व्यवस्थापनमा सचेत रहेको र समयमा नै यो व्यवस्था गरिने बताए । साथै चार्डपर्वमा प्रदेशका अस्पातालहरु बन्द नहुने समेत जानकारी दिए ।

 

२०७६ असोज १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्