Rara Pharmacy

आज विजयादशमीः टीकाको उत्तम साइत बिहान १०:३५ बजे

सेरोफेरो
आज विजयादशमीः टीकाको उत्तम साइत बिहान १०:३५ बजे

२१ असोज, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार देशभर हर्षउल्लासका साथ मनाईदैछ ।

 

मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाईने विजयादशमीको उक्तम साईत बिहान १०ः३५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।


विजयादशमी आफैंँमा शुभ दिन भएकाले मंगलबार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए ।

 

मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

२०७६ असोज २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्