Rara Pharmacy

आइतबार सार्वजनिक बिदा, शनिबार माइतीघरमा सिको स्वागत

सेरोफेरो
आइतबार सार्वजनिक बिदा, शनिबार माइतीघरमा सिको स्वागत

२५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा हुने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार उक्त बिदा दिने निर्णय गरेको हो।

 

चिनियाँ राष्ट्रपति सी शनिबार चार बजे नेपाल आइपुग्दैछन्। सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै सरकारले बिदा दिने निर्णय गरेको हो।

 

सि बस्ने राजधानीस्थित होटल सोल्टी रिजर्भ गरिएको छ भने सडकहरु सिंगारिएका छन् । सिको स्वागतका लागि सरकारले कर्मचारीहरुलाई माइतीघरको मण्डलामा जम्मा हुन भनेको छ ।

 

सि आफ्नो दुई दिने नेपाल भ्रमणका क्रममा नेपालसँग द्विपक्षीय कनेक्टिभिटी लगायतका भौतिक पूर्वाधारका विषयमा केन्द्रित हुने बताइएको छ।

 

सि भारत भ्रमण लगतै नेपाल आउन लागेका हुन् । यो २३ बर्षपछिको चिनियाँ राष्ट्रप्रमुखको औपचारिक नेपाल भ्रमण हो ।

२०७६ असोज २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्