Rara Pharmacy

हुरेक नेपालको दशौं साधारण सभा सम्पन्न

सेरोफेरो सुर्खेत
हुरेक नेपालको दशौं साधारण सभा सम्पन्न

१५ कात्तिक । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपाल सुर्खेतको दशौं साधारण सभा सम्पन्न भएको छ ।

 

शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको साधारण सभाले गणेश वलीको अध्यक्षमा ७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा टीका विष्ट, सचिवमा भुपेन्द्र वि.सी, कोषाध्यक्षमा टोप बहादुर वि.क चयन भएका छन् । यसैगरी सदस्यहरुमा सिता वली, मिना आचार्य निर्वाचित भएका छन् । एक जना सदस्य भने कार्यसमितिले चयन गर्नेछ ।


साधारण सभामा संस्थाको आ.व २०७५।०७६ को आय व्याय रु १ लाख उन्पचास हजार पाँच सय पेश गरिएको छ । साथै आ.व २०७६।०७७ को लागी १० लाख पचहत्तर हजार बरावरको आय व्याय प्रस्ताव गरिएको छ ।


कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नन्दलाल शर्माले संस्थाले सामाजिक विकृतिलाई अन्त्य गर्न र सामाजिक न्याय स्थापना लाग्नुपर्नेमा जोड दिएका थिए । यसैगरी गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम के.सीले बढ्दो सामाजिक समस्याको अन्त्यमा भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

 

आलोपालो बचत तथा ऋण सहकारी संस्था लि सुर्खेतका अध्यक्ष जगत विसी र पत्रकार दिपेन्द्र वलीले समेत धारणा राखेका थिए।

२०७६ कात्तिक १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्