Rara Pharmacy

चक्कु प्रहारबाट घाईते चन्दन रानाको उपचारको क्रममा मृत्यु

सेरोफेरो सुर्खेत
चक्कु प्रहारबाट घाईते चन्दन रानाको उपचारको क्रममा मृत्यु

१५ कात्तिक । दिपावलीको अवसरमा भैली खेल्ने क्रममा चक्कु प्रहारबाट घाईते भएका चन्दन रानाको उपचारको क्रममा मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कात्तिक १२ गते वीरेन्द्रनगर १० दिपनगरमा भैली खेल्ने क्रममा निर्मल सोनी, केशव खनाल र प्रेम गुरुङले पछाडिबाट टाउकोमा चक्कुले हानी घाईते बनाएका चन्दनको कर्णाली प्रदेश अस्पतालमा ल्याएकोमा थप उपचार को लागी कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।

 

कोहलपुरमा समेत उपचार हुन नसके पछि रानालाई थप उपचारको लागि भारतको लखनऊ तर्फ रिफर गरिएको थियो ।


चक्कु प्रहार गर्ने मध्ये केशव खनाल र प्रेम गुरुङ लाई प्रहरीले पक्राउ गरी ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दा चलाएको थियो । फरार रहेको निर्मल सोनीको खोजी भइरहेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

२०७६ कात्तिक १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्