Rara Pharmacy

औधोगिक, कृषि तथा पर्यटन महोत्सव २०७६ वीरेन्द्रनगरमा शुरु

सेरोफेरो
औधोगिक, कृषि तथा पर्यटन महोत्सव २०७६ वीरेन्द्रनगरमा शुरु

२०७६ पुस ४ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रवारदेखि प्रथम राष्ट्रिय औधौगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव शुरु भएको छ ।

 

नेपाल घरेलुु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको मुख्य आयोजना र जिल्ला तथा विभिन्न पालिका स्तरीय शाखाहरुको सहआयोजनामा उक्त महोत्सव संचालन भएको छ । महोत्सवलाई उद्घाटन गर्दे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।


सरकारले आफ्ना कामलाई अगाडी वढाउने क्रममा प्रशासनिक संरचना निर्माणमा ठोस निस्कर्षमा नपुगेको बताए । उनले भने ‘जनताले तीव्र विकास, आर्थिक समृद्धि र असल सुशासन खोजिरहेका छन् । दुई वर्षसम्ममा जनअपेक्षाअनुसार काम गर्न नसकेको सत्य हो’ मुख्यमन्त्री शाहीले थपे, ‘जनता विकासका भोका छन्, धुलाम्मे सडक छन्, अस्तव्यस्त शहर छ, जनताको घरमा बत्ति छैन, खानेपानी छैन।’ कर्णालीको विकास गर्न भौगोलीक रुपले कठिनाई भएको मुख्यमन्त्रीको भनाई छ । यसमा सरकार लागी परेको समेत उनले बताए ।


महोत्सव पुस १० गते सम्म संचालन हुनेछ ।

२०७६ पुस ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्