Rara Pharmacy

आर्थिक समृद्धिको आधार “नेपाल भ्रमण वर्ष २०२०”-सम्पादकीय

सेरोफेरो
 आर्थिक समृद्धिको आधार “नेपाल भ्रमण वर्ष २०२०”-सम्पादकीय

पर्यटनलाई हरेक देशहरुले आर्थिक विकासको मुख्य आधारको रुपमा मानेका छन् । नेपालले विभिन्न समयमा नेपाल भ्रमण वर्षको घोषणा गरी पर्यटनलाई आर्थिक विकासको महत्वपुर्ण स्रोतको रुपमा अंगिकार गरेको छ । नेपालले सन् १९९९ र २०११ मा नेपाल भ्रमण वर्षको घोषणा गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नेपालमा पर्यटन गन्तव्य भएको सन्देश दिएको थियो ।


हाल नेपालमा पर्यटनले कुल बार्षिक आम्दानीको ३ प्रतिशत मात्र योगदान दिएको पाईन्छ । विभिन्न तथ्याङ्कका अनुसार सन् २०१८ सम्म ११ लाख ७३ हजार ७२ जनाले भ्रमण गरेको देखिन्छ । विदेशी पर्यटकहरुको औसत खर्च जम्मा ४४ युएसडी रहेको पाईन्छ । नेपालमा पर्यटकहरुको औसत वसाई जम्मा १२.४ दिन रहेको देखिन्छ । पर्यटकिय, सामाजिक, सांस्कृतिक रुपमा धनि नेपालको पर्यटकको आकर्षण तथा उनिहरुले खर्च गर्ने दर र बसाईको स्थितीलाई विश्लेषण गर्ने हो भने खासै उत्साह जनक देखिदैन ।


२०७६ पुस १६ (१ जनवरी २०२०) मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन हुन लागेको छ । नेपाल भ्रमण वर्ष २०२० प्रभावकारी बनाउनको लागी नेपाल सरकार, निजि क्षेत्र, नागरीक समाज, पर्यटन व्यवसायी, तीन तहका सरकार लगायत हरेक नेपालीले यसलाई ठुलो वर्ष वा उत्सवको रुपमा मनाउन आवश्यक छ । पर्यटकले खोजेका सुविधाहरु तथा उनीहरुको बसाई र खर्चको दर बृद्धि गर्न समेको खण्डमा यसले नेपालको आर्थिक क्षेत्रमा ठुलो प्रभाव पार्न सक्छ ।

२०७६ पुस १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्