Rara Pharmacy

राष्ट्रियसभाका १८ सदस्यको लागी मनोनयन दर्ता

सेरोफेरो
राष्ट्रियसभाका १८ सदस्यको लागी मनोनयन दर्ता

२० पुस । यही माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता सात वटा प्रदेशमा सम्पन्न भएको छ । राष्ट्रियसभा सदस्यको लागी ४५ जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा निर्वाचनका लागी सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ दलले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

 

सातवटा प्रदेशमा गरी महिला ७, दलित २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहका २ र अन्य समूहका ७ गरी १८ पदका लागि निर्वाचन हुँदैछ ।


कुन-कुन प्रदेशबाट क-कस्ले गरे मनोनयन दर्ता ?

प्रदेश १

प्रदेश १ मा ३ दलका ९ जनाले उम्मेदवारी दिएका छन् । महिला समूहतर्फको नेकपाका इन्दिरोवी गौतम, कांग्रेसकी मीना पुलामी मगर र समाजवादी पार्टीकी कमला वडहीले उम्मेदवारी दिनुभएको छ । यसैगरी दलित समूहतर्फ नेकपाका गोपीबहादुर सार्की अछामी, कांग्रेसका निरबहादुर विश्वकर्मा, र समाजवादी पार्टीका ज्ञानकुमार परियारले उम्मेदवारी दिनुभएको छ भने अन्य बाट पदमा नेकपाका देवेन्द्र दाहाल, कांग्रेसका राजेन्द्रकुमार घिमिरे र समाजवादी पार्टीका भरतराज दाहालको उम्मेदवारी परेको छ ।

 

प्रदेश २

प्रदेश २ मा अल्पसंख्यक समूहबाट वर्तमान राष्ट्रियसभा सदस्य रामप्रित पासवानले मनोयनपत्र दर्ता गराउनु भएको छ। पासवान राष्ट्रियसभा सदस्य हुनुहुन्छ । उहाँले गोलाप्रथाबाट सो पदमा जम्मा दुईवर्षको लागी निर्वाचित हुनुभएको थियो ।


यसैगरी महिला समूहतर्फको रिक्त पदमा नेकपाकी तुलसाकुमारी दाहाल र काँग्रेसकी नगिना यादवले, दलित समूहमा नेकपाका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवानले, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यकबाट राजपाका शेखरकुमार सिंह र कांग्रेसका भोला पञ्जियारले र अन्यबाट राजपाका मृगेन्द्रकुमार सिंह यादव र समाजवादी पार्टीका अनिरुद्ध कुमार सिंहको मनोनयन दर्ता भएको छ । यस्तै अन्य समूहबाट उम्मेदवारी दिएका मृगेन्द्रकुमार र अनिरुद्रकुमारले मनोनयन दर्ता गराउनु भएको छ ।

 

प्रदेश ३
प्रदेश ३ बाट महिला समूहतर्फ नेकपाकी गंंगाकुमारी वेल्वासे, काँग्रेसकी छलीकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिनुभएको छ। अन्य समूहतर्फको रिक्त पदका लागी नेकपाका वेदुराम भुसाल, कांग्रेसका हरिशरण श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी परेको छ ।

 

गण्डकी प्रदेश
गण्डकी पदेश बाट महिलातर्फ नेकपाकी भगवती न्यौपाने र काँग्रेसकी बिमला गौचनले, अन्य समूहबाट नेकपाका नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल र काँग्रेसका सूर्यप्रसाद रेग्मीले मनोनयनपत्र दर्ता गराउनु भएको छ र

 

प्रदेश ५
प्रदेश ५ बाट महिला समूहमा नेकपाकी बिमला घिमिरे र काँग्रेसकी गिरिजादेवी न्यौपानेले, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहबाट नेकपाका जगप्रसाद शर्मा, काँग्रेसका मेराज अहमद हलवाई, समाजवादी पार्टीका सुनिलकुमार सिंघलले मनोनयनपत्र दर्ता गराउनु भएको छ । अन्य समूहतर्फको नेकपाका गोपाल भट्टराई, काँग्रेसका बालकृष्ण पाण्डे, समाजवादी पार्टीका कृष्ण प्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेलको मनोनयन दर्ता भएको छ ।

 

कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट महिला समूहमा काँग्रेसकी गणेशकुमारी बस्नेत र नेकपाकी सुमित्रा बिसीले र अन्य समूहबाट काँग्रेसका डिल्लीराम पाठक र नेकपाका मायाप्रसाद शर्माले मनोनयन पत्र दर्ता गराउनु भएको छ । यहाँ अन्य नेकपा र नेपाली काँग्रेस बाहेक अन्य दलको उम्मेदवारी परेको छैन ।

 

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिमबाट महिला समूहबाट काँग्रेसकी तुलसी देवकोटा र नेकपाकी शारदादेवी भट्टले र अन्य समूहबाट नेकपाका तारामान स्वांर र काँग्रेसकी प्रताप सिंह ठगुन्नाले मनोयनपत्र दर्ता गराउनु भएको छ । सुदूरपश्चिम प्रदेशमा पनि नेकपा र नेपाली काँग्रेसको मात्र मनोनयन दर्ता भएको छ ।


यो निर्वाचनमा नेमकिपाले प्रदेश ३ मा र राजमोले गण्डकी र प्रदेश ५ मा उम्मेदवारी दिएका छन् । प्रदेश २ मा नेकपा र राजपा तथा कांग्रेस र समाजवादी पार्टीबीच तालमेल भएको छ यी बाहेक अन्य ठाउँमा सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

२०७६ पुस २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्