Rara Pharmacy

अस्ट्रेलियामा भ्रमण वर्षको भव्य शुभारम्भ, गलत प्रचार गरियो : मन्त्री भट्टराई

सेरोफेरो
अस्ट्रेलियामा भ्रमण वर्षको भव्य शुभारम्भ, गलत प्रचार गरियो : मन्त्री भट्टराई

२२ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भव्यरुपमा गरिएको बताउनु भएको छ ।

 

आफ्नो फेसबुकमार्फत मन्त्री भट्टराईले नेपाली राजदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लगायतका सङ्घ र संस्थाको सहयोगमा न्यु साउथ वेल्सका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल तथा नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी गराउनु भएको छ।

 

उहाँले मौन जुलुसमार्फत पर्यटन वर्षको प्रवर्द्धन पनि गरिएको जानकारी गर्नुभएको छ। तर समाचार संस्था 'साउथ एसिया डट कम ले भने नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि अस्ट्रेलियामा आज हुने तय भएको कार्यक्रम रोकिएको जनाएको छ ।'

न्यु साउथ वेल्सले व्यावसायिक लाभका लागि कार्यक्रम खोजिएको भन्दै र्‍याली निकाल्न रोक लगाइएको जनाएको छ ।

 

यस तर्फ मन्त्री भट्टराईले नियत गम्भिर भएको बताउनु भएको छ । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? मन्त्री भट्टराईले प्रश्न गर्नुभएको छ ।

२०७६ पुस २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्