Rara Pharmacy

चालु आ.बको पाँच महिना भित्र सुर्खेतमा आत्महत्या र जवरजस्ती करणीका घटना धेरै

गणेश ओली/सेरोफेरो
चालु आ.बको पाँच महिना भित्र सुर्खेतमा आत्महत्या र जवरजस्ती करणीका घटना धेरै

२२ पुस । चालु आर्थिक वर्षको पाँच महिनाको अवधीमा सुर्खेतमा सवैभन्दा धेरै घटना आत्महत्याका भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आत्महत्या पछी सवैभन्दा धेरै जवरजस्ती करणीका घटना घटेको प्रहरीले जनाएको छ ।

 

चालु आ.व. ०७६।०७७ को श्रावण देखि पुस २० गते सम्ममा ज्यान सम्बन्धि अपराध मध्ये झुण्डिएर आत्महत्या ४२, सवारी ज्यान १४, भवितव्य ज्यान ११, फुटकर ज्यान ११, ज्यान मार्ने उद्योग ७, विष खाएर अत्महत्या ७, कर्तव्य ज्यान ५, करेण्ट लगाएर १ र हात हतियार औजारबाट १ जना मृत्यु भएको जिप्रका सुर्खेतले जनाएको छ ।


यसैगरी महिला तथा बालबालिका सम्वन्धी अपराधमा सवैभन्दा धेरै ३३ वटा जवरजस्ती करणीका घटना भएको उल्लेख छ । जवरजस्ती करणी उद्योगका घटना १३, बहु विवाह ९ र अप्राकृतिक मैथुन सम्वन्धी घटना १ रहेको प्रहरीले जनाएको छ ।


चालु आ.वको ५ महिनाको अवधिमा लागू औषध २५, सरकारी छाप दस्तखत किर्ते १०, ठगी ७, जूवा ५, किर्ते आर्थिक लाभ ३ र चंदा संकलनमा १ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । यसैगरी सार्वजनिक शान्ति विरुद्दको अपराधमा ६०, नागरिकता सम्वन्धी १ र सार्वजनिक हित नैतिकता विरुद्धको अपराध मा १ मुद्धा दर्ता भएको छ ।
कार्यालयका अनुसार सवारी ज्यान सम्वन्धी १४ र सवारी अंगभंग सम्वन्धीका २ मुद्धा दर्ता भएका छन् ।


यसैगरी अपहरण तथा जवरजस्ती करणी १, वैंकिङ कसुर १, अपराधिक विश्‍वातघात २, परिक्षा तथा शिक्षा ऐन १, सवारीवाट गौबध ५, झुण्डी आत्मा हत्या दुरुत्साहन ४,भेदभाव तथा अन्य अपमानजनक व्यवहार र गैरकानूनी थुनुवा सम्बन्धी कसूर १ र पशुपंक्षी सम्बन्धी कसूर (गाई/गोरु)मारेको सम्वन्धी ५ वटा मुद्धा दर्ता भएका छन् ।
चालु आ.वको ५ महिनाको अवधिमा ३०८ वटा नयाँ मुद्धा दर्ता भएकोमा २०७ वटा फछ्यौट भएका छन् भने १०१ मुद्धा फछ्यौट हुन बाँकी रहेको जिप्रका सुर्खेतले जनाएको छ ।

 

यसैगरी अभियुक्तमा २९१ जना पुरुष र १० जना महिला रहेका छन् । अभियुक्त मध्ये ७२ जना पुरुष फरार रहेका छन् र ७ जना महिला फरार रहेको प्रहरीले जनाएको छ ।
चालु आवको ५ महिनामा फैसला कार्यान्वयन तर्फ १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जसमा ११ वर्ष ६ महिना २७ दिन कैद असुली र ५ लाख ४१ हजार रुपैया वरावरको जरिवाना समेत असुली भएको प्रहरीले जनाएको छ ।

२०७६ पुस २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्