Rara Pharmacy

प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ मतले स्वीकृत

सेरोफेरो
प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ मतले स्वीकृत

२७ पुस । लामो समय सम्म बिवाद र बहसका विच प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान बसेको प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

 

आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जायर गरेका थिए । हेटौडाको पक्षमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

 

प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ । प्रदेश सभाको दुईतिहाई बहुमतले नेपालको संविधान २०७२ को धारा २८८ को उपधारा २ तथा प्रदेशसभा संचालन नियामावली २०७४ को नियम २८ बमोजिम राजधानी धोषणा गरिएको हो ।


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो ।

२०७६ पुस २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्