Rara Pharmacy

कर्णाली प्रदेश सहयोगापेक्षी सडक मानबरहित घोषणा

सेरोफेरो
कर्णाली प्रदेश सहयोगापेक्षी सडक मानबरहित घोषणा

५ माघ । सात प्रदेश मध्य कर्णाली प्रदेश पहिलो सहयोगापेक्षी मानबरहित प्रदेश घोषणा भएको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा मानबसेवा आश्रम कर्णाली प्रदेशको समन्वयमा शनिबार जिल्ला समन्वय समितिको हलमा उक्त घोषणा गरिएको हो । वीरेन्द्रनगर नगरपालिका सुर्खेत, जिल्ला समन्वय समिती, प्रदेशप्रहरी कार्यालय कर्णाली प्रदेश लगाएतका संघ संस्थाहरुले समेत अभियानमा समन्वय रहेको छ ।

 

प्रदेशलाई नै सहयोगापेक्षी मानबरहित प्रदेश घोषणा गर्नको लागि गत मंसिर २८ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको थियो । मन्त्रीपरिषद्ले उक्त निर्णय पश्चात् अभियानलाई तिव्रता दिईएको थियो । सामाजिक विकास मन्त्रालयका सचिब डा. मानबहादुर बिकेका अनुसार भने 'कर्णाली प्रदेशको राजधानी लगाएतका विभिन्न स्थानहरुमा सडकमा मानबहरु बेवारिसे अवस्थामा भेटिने गरेको र मानवको सेवा गर्ने संस्थाहरुको खोजी गर्ने क्रममा मानवसेवा आश्रमले त्यसको जिम्मा लिएको हो र कुनैपनि मानब अब कर्णालीका सडकमा नभेटिने गरी काम अगाडि बढाउने जानकारी दिए ।'



बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन सहयोगापेक्षी सडकमानबमुक्त कर्णाली प्रदेश घोषणा कार्यक्रममा सम्बोधन गर्दे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले कर्णालीका नागरिकलाई सरकार छ भन्ने अनुभुती गराउनको लागि घोषणा कार्यक्रम गरिएको बताउनु भयो । उहाँले भन्नुभयो 'जो कोहिको पनि असक्त हुने अवस्था आउने भन्दै नागरिकलाई असक्त भएको अवस्थामा सरकारले सेवाको जिम्मेवारी लिन्छ । ‘सरकार बालबालीका र अपाङ्गता भएकाहरुको बारेमा समेत सोच्दैछ ।, उहाँले भन्नुभयो ‘ कर्णालीका हरेक जिल्लामा मानवसेवा आश्रमको बिस्तार गरी सम्बन्धित जिल्लाका सहयोगापेक्षीहरुको सेवा गर्ने तयारी छ ।’ मुख्यमन्त्री शाहिले आश्रममा पारिवारीक वातावरण दिने भन्दै सेवामा कुनैपनि कमी हुननदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 


कार्यक्रमको अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री दल रावलले निजि अभियान्ताहरुले समेत अभियान सञ्चालन गर्दा राज्यले किन अपनत्तव नलिने भन्ने उदेश्यले यो अभियानलाई साथ दिएको बताउनु भयो । धेरै अभियानहरु औपचारिक रुपमा घोषणा गरेपनि कार्यान्वयन नहुने भन्दै सडकमा भएका मानवहरुको उद्धारमा सबैक्षेत्रबाट सहयोग गर्नुपर्ने मन्त्री रावलले बताउनु भयो । मन्त्री रावलले भन्नुभयो 'आफ्नो लागि काम गर्नुभन्दा अरुको लागि काम गर्नेहरु नै सच्चा मानब हो ।'

 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितीका प्रमुख लगाएतले कार्यक्रममा मन्तव्य राखेका थिए । शनिबार देखीनै कार्यान्वयन गर्नेगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले कर्णाली प्रदेशका प्रमुख सचिब केवलप्रसाद भण्डारीलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको छ । मानवसेवा आश्रम कर्णाली प्रदेशमा हाल ५० जना सहयोगापेक्षी मानबहरु रहेको र यसअघि ३६ जनालाई पारिवारीक पुर्नमिलन गराईसकेको आश्रमकी जिल्ला संयोजक संञ्चिता गौतमले जानकारी दिनुभयो ।

 

आश्रमको स्थापना गर्नको लागि सामाजिक विकास मन्त्रालयले यसअघि १० लाख रुपैयाँ सहयोग गरेको थियो भने वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आश्रमको भाडा माशिक ५० हजार तिरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।


२०७५ साल माघ १८ गते सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश तथा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा मानवसेवा आश्रम स्थापना भएको हो ।

२०७६ माघ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्