Rara Pharmacy

नेकपाको दोस्रो पूर्ण बैठक जारी, ०७७ चैत्रमा पहिलो महाधिवेशन गर्ने प्रस्ताव

सेरोफेरो
नेकपाको दोस्रो पूर्ण बैठक जारी, ०७७ चैत्रमा पहिलो महाधिवेशन गर्ने प्रस्ताव

१५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठक काठमाडौंमा शुरु भएको छ । बुधावार बाट शुरु भएको बैठक माघ १९ सम्म चल्ले छ । नेकपाले पहिलो महाधिवेशन ०७७ चैत्रमा गर्ने प्रस्ताव गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७७ चैत्र २५ देखि ३० सम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटि बैठकमा गर्नुभएको हो ।

 

राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको छ । यसैगरी राष्ट्रिय महाधिवेशनअघि ०७७ भदौ देखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय सभागृहमा बुधबारदेखि शुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठकमा तीवटा लिखित दस्तावेजहरु प्रस्तुत भएका छन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र संगठनात्मक प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

 

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा अन्तरािष्ट्रय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा, सरकारका कामहरुको समीक्षा, उपनिर्वाचनको समीक्षा र पार्टीका आगामी कार्यक्रमहरुको रुपरेखासमेत गरी ६ वटा बुँदाहरु समेटिएका छन् ।

 

संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण ऐनहरु अझै बन्न नसकेका, निजामति ऐन र नागरिकता ऐन बन्न नसकेको, विधेयक मस्यौदा तयार गर्दा सरकारले सरोकारवालाहरुको राय सल्लाह लिन जरुरी रहेको, संवैधानिक राजनीतिक नियुक्तिहरुमा ढिलाइ भएको, सुशासन र भ्रष्टाचार नियन्त्रणमा खास प्रगतिको अनुभूति हुन नसकेको, ठूला पूर्वाधार निर्माण परियोजनाहरुमा सरकारको ध्यान जान नसकेको र लोकप्रिय बजेट ल्याउन तयारी गर्नुपर्ने स्थिति रहेको जस्ता निश्कर्षहरु प्रस्तुत गरिएका छन् ।

 

महासचिव पौडेलको प्रतिवदेनमा पार्टी एकीकरणको प्रक्रिया कहाँसम्म पुग्यो र केके गर्न बाँकी छ भन्ने विवरण उल्लेख छ । साथै पार्टीलाई विधि र प्रक्रिया अनुसार अनुशासित ढंगबाट अगाडि बढाउन जरुरी रहेको महासचिवको प्रतिवेदनमा औंल्याइएको छ ।
नेकपाको प्रतिवेदनहरु :

राजनितिक प्रतिवेदन :

सांगठनिक प्रतिवेदन :

विधान संसोधन :

२०७६ माघ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्