Rara Pharmacy

भ्रष्टाचारको आहालमा डुबेर समृद्धिको यात्रा तय गर्न सकिदैन : प्रदेश सांसद धर्मराज रेग्मी

भ्रष्टाचारको आहालमा डुबेर समृद्धिको यात्रा तय गर्न सकिदैन : प्रदेश सांसद धर्मराज रेग्मी

४ फागुन । भ्रष्टाचारको आहालमा डुबेर कर्णालीको समृद्धिको यात्रा तय गर्न नसकिने कर्णाली प्रदेश सभाका सदस्य धर्मराज रेग्मीले बताउनु भएको छ । कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशनको दोस्रो बैठकमा उहाँले सरकारले चर्को आलोचना गर्नुभयो ।


सांसदले रेग्मीले सरकार संचालन गर्नु कुनै कम्पनी वा क्लव संचालन गरेजस्तो नभई यो विधि र प्रकृयामा चल्नु पर्नेमा जोड दिनु भयो । लोकतन्त्रमा सरकार पारदर्शी हुनुपर्ने बताउदै सांसद रेग्मीले सरकार संचालनका दुई वर्षका उपलब्धी के हुन् संसदमा राख्नुपर्नेमा जोड दिनु भयो ।


सरकारले आफै प्रश्न गर्ने नभई जवाफ दिनुपर्ने सांसद रेग्मीले भन्नुभयो । बिचौलियाहरु संस्थागत रुपमा मन्त्रालयको वरीपरी रहेको रेग्मीको आरोप छ ।


प्रदेश सरकारले सुर्खेत र दैलेख जिल्लामा विकास र अनुदानहरु किन नदिएको भन्दै प्रश्न समेत गर्नुभयो । यहाँका जनताको परिवर्तनमा योगदान छैन, हामी प्रति कुनै आग्रह पुर्वाग्रह छ, हामीले कुनै गल्ती गरेका छौ, हामीले विकास र अनुदान नपाउनुपर्ने कारण के छ उहाँले प्रश्न गर्नुभयो । यो वर्षमा जम्मा ६ प्रतिशत मात्र बजेट खर्च भएको प्रति प्रश्न गर्नुभयो ।


कर्णाली पदेशमा प्रदेश र स्थानियका नाममा अर्वौ रकम गोष्ठिको नाममा सकिएको बताउनु भयो । प्रदेश सभाको बैठकमा अधिकांश सांसदहरुले सरकारको कामको चर्को आलोचना गरेका थिए ।

 

२०७६ फागुन ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्