Rara Pharmacy

कर्णाली प्रदेश सरकार निश्चित स्वार्थ समुहको घेरामा अल्मलीयो : नेकपा सांसद ठम्मर विष्ट (भिडियो)

गणेश ओली/सेरोफेरो
कर्णाली प्रदेश सरकार निश्चित स्वार्थ समुहको घेरामा अल्मलीयो : नेकपा सांसद ठम्मर विष्ट  (भिडियो)

५ फागुन । कर्णाली सरकार निश्चित स्वार्थ समुह र घेरामा अल्मलीएको नेकपा सांसद ठम्मर विष्टले बताउनु भयो । विगत दुई वर्षको अवधिमा सरकारले उल्लेख्नीय काम गर्न नसकेको विष्टको आरोप छ । यही अवस्था रहिरहे पाँच वर्षपछि हामी सुरक्षित जनताको विचमा जान सक्छौं उहाँले प्रश्न गर्नुभयो ।


मैले सुझाव दिदा मलाई विरोध गरेको बुझ्नु राजनिति नबुझ्ने हुन् विष्टले भन्नुभयो । सरकार संचालन गर्नेहरुले कम्युनिष्टको चरित्र निभाउन नसकेको समेत आरोप अगाउनु भयो ।

 

'सांसदिय दलको बैठकमा हामीले पटक पटक भनेका छौं, तपाईहरु अझै सच्चिएर आउनुहोस्, तपाइहरुले सांसदिय दललाई उपेक्षा गर्न पाउनुहुन्न' उहाँले भन्नुभयो ।

'यो सरकारले निश्चित स्वार्थसमुह, सर्कल, घेरा र व्यत्तिहरुले इसारामा सरकार संचालन गरिरहेको छ' विष्टले आरोप लगाउनु भयो । सरकारले हामी सांसदहरुलाई अन्याय समेत गरेको उहाँले बताउनु भयो ।


एमसिसिका वारे बोल्दै उहाँले यदी यो पास भए नेकपा नै धरापमा पर्ने बताउनु भयो । विगतमा महाकाली सन्धीले तत्कालीन एमाले फुटायो एमसिसिले पनि यो पार्टीलाई त्यो अवस्थासम्म पुर्‍याउने खतरा रहेको सांसद विष्टले बताउनु भयो ।

२०७६ फागुन ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्