Rara Pharmacy

नेपालसहित १४ देशका यात्रुलाई कतारले लगायो प्रतिबन्ध

सेरोफेरो
नेपालसहित १४ देशका यात्रुलाई कतारले लगायो प्रतिबन्ध

२६ फागुन । कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ।

 

कतारले चीन, इजिप्ट,भतरत,इराक,इरान,लेवनान,बांगलादेश,नेपाल,पाकिस्तान,फिलिपिन्स,दक्षिण कोरिया,श्रीलंका,सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो।

 

कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ।

 

कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो। कतारमा हालसम्म १५ जनामा संक्रमण देखिएको छ।

२०७६ फागुन २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्