Rara Pharmacy

कर्णाली चिनाउन डकुमेन्ट्री बनाईंदै

सेरोफेरो/सुर्खेत
कर्णाली चिनाउन डकुमेन्ट्री बनाईंदै

२९ फागुन । कर्णाली प्रदेशका धार्मिक स्थल, पर्यटकीय क्षेत्र, संस्कृति, जीवनशैली, रहन सहन आदी समेटेर निर्माण गरिएको डकुमेन्ट्रीको सर्ट भिडियो सार्वजनिक गरिएको छ ।

 

निर्माता पन्चदेव भट्टले केही समयमै पूरा भिडियो सार्वजनिक गर्ने सेरोफेरोलाई जानकारी दिए । उनले भने, डेढ बर्ष पहिलेदेखिनै उक्त डकुमेन्ट्री निर्माण गर्ने योजना बनाएपनि भिडियो छायाँङ्कन रसंकलनमा केही ढिला हुन गएको हो ।

 

कामको शिलशिलामा कर्णालीका विभिन्न जिल्ला घुम्दै गर्दा त्यहाँको प्राकृतिक सौन्दर्यता र जनजीवनले लोभ्याएपछि डकुमेन्ट्री निर्माण गर्ने सोच बनेको भट्टले बताए । कर्णाली चिनाउन उक्त भिडियो महत्वपूर्ण हुने भट्टको दाबी छ ।

 

धेरै जसो ठाउँ आफै घुमें र पुग्न नसकेको ठाउँंका दृश्यहरु स्थानीयहरुसंगको समन्वयमा संकलन गरेको भट्टको भनाई छ । बैतडीको गुरुखोलामा जन्मिएका भट्टको यात्रा, फोटोग्राफी र डकुमेन्ट्री निर्माणमा विषेश रुची छ ।

 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपप्राध्यापकका रुपमा कार्यरत भट्टले यसअघी सूदुरपश्चिम चिनाउने डकुमेन्ट्री निर्माण गरेका छन् ।

 

 भिडियो हेर्नुहोस् :

२०७६ फागुन २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्