Rara Pharmacy

क्रिश्चियन धर्म मान्नेलाई कोरोना भाइरसले छुँदैन भन्दै भ्रम छर्ने पास्टर प्रहरी फन्दामा

सेरोफेरो
क्रिश्चियन धर्म मान्नेलाई कोरोना भाइरसले छुँदैन भन्दै भ्रम छर्ने पास्टर प्रहरी फन्दामा

११ चैत्र । क्रिश्चियन धर्म मान्नेलाई कोरोना भाइरसले छुँदैन भन्दै सार्वजनिक रुपमा भ्रम फैलाउने पास्टर केशवराज आचार्यलाई प्रहरीले पक्राउ गरेको छ।

 

जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाउने तयारी भइरहेको कास्की प्रहरीका एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

 

कोरोनाले विश्वव्यापी रुपमा संकट पैदा गरिरहेको अवस्थामा यशुको अनुयायीहरुलाई कोरोना भाइरसले नछुने भ्रामक प्रवचन दिईएर नागरिकहरुलाई भ्रम सिर्जना गरिरहेको भिडियो सार्वजनिक भईरहेका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।

२०७६ चैत्र ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्