Rara Pharmacy

'लकडाउन'का कारण समस्यामा परे १११० मा फोन गर्नुस्, कर्णाली सरकारले सहयोग गर्छः मन्त्री रावल

सेरोफेरो
'लकडाउन'का कारण समस्यामा परे १११० मा फोन गर्नुस्, कर्णाली सरकारले सहयोग गर्छः मन्त्री रावल

११ चैत्र । भारत लगायत देशका विभिन्न स्थानबाट कर्णाली आउने क्रममा अलपत्र पर्ने नागरिकहरुले १११० मा फोन गर्न कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभएको छ ।

 

धेरै नागरिकहरु नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेको समाचार आईरहेको अवस्थामा सामाजिक विकास मन्त्री रावलले आफ्नो सामाजिक संजाल मार्फत प्रदेशका विभिन्न जिल्ला पुग्ने गरी हिंडेका नागरीकहरुलाई गन्तव्य पुर्‍याउने र उपचारको सुनिश्चित गर्ने जानकारी दिनुभएको छ ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

२०७६ चैत्र ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्