Rara Pharmacy

'लकडाउन'को अवज्ञा गर्ने ३३५ सवारी साधन र ४ जना प्रहरीको नियन्त्रणमा

सेरोफेरो
'लकडाउन'को अवज्ञा गर्ने ३३५ सवारी साधन र ४ जना प्रहरीको नियन्त्रणमा

११ चैत्र । सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने ३३५ सवारी साधनहरुलाई सुर्खेतका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी कार्यलाई अवरोध गर्ने ४ जनालाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

 

कोरोना भाईरस (कोभिड- १९) को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको सुचना अवज्ञा गर्ने सवारी साधनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

सुर्खेतका विभिन्न स्थानमा रहेका प्रहरी युनिटले सवारी साधनहरुलाई नियन्त्रणमा लिएको हो । जस अन्तर्गत १९ वटा बस, ३९ ट्रक, २ ट्रेक्टर, अटो रिक्सा ७, जिव/फोर्स ३१ र मोटरसाईकिल २३७ नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रहरीले लकडाउनको अवधिभर सरकारबाट जारी सुचनाको पालना गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

२०७६ चैत्र ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्