Rara Pharmacy

'लकडाउन'का कारण सयौ नागरिक सडकमा अलपत्रः तत्काल उद्धार गर्न 'प्रभाकर'को अनुरोध

सेरोफेरो
'लकडाउन'का कारण सयौ नागरिक सडकमा अलपत्रः तत्काल उद्धार गर्न 'प्रभाकर'को अनुरोध

१२ चैत्र । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिरहेको अवस्थामा नेपाल सरकारले चैत्र ११ गते मंगलबार देखि एकसाताको लकडाउनका कारण विभिन्न नागरिकहरु अलपत्र परेका छन् ।

 

अलपत्र नागरिकहरुको आवाज सुन्न पूर्वगृहमन्त्री तथा नेकपा नेता जनार्दन शर्मा प्रभाकरले सरकार समक्ष अनुरोध गर्नुभएको छ । कर्णालीका नागरिकहरु विभिन्न ठाउँमा अलपत्र परेका छन् । अलपत्र पर्नेहरुमा बालबालिका पनि छन् ।

मुगुका करिव २०० जना बालबालिकाहरु नेपालगन्ज गुहार मागीरहेका छन् । स्याङ्जा सेतीखोलामा काम गर्ने रुकुम र जाजरकोटका करिव २४ जनाले समेत सरकार संग सहयोग मागीरहेका छन् । यस्तै पोखरामा काम गरिरहेका रुकुम लगायत अन्य विभिन्न जिल्लाका ५९ जना समेत घर फर्किनको लागी सरकारको सहयोग कुरेर बसेका छन् ।

 

९० जना डोल्पाका विद्यार्थी र अन्य नेपालगन्ज एर्पोटमा अलपत्र परेको नेता शर्माले आफ्नो फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

२०७६ चैत्र १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्