Rara Pharmacy

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुग्यो

१२ चैत्र । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । उनी विदेशबाट आएका या नेपालमै रहेका भन्ने मन्त्रालयले खुलाएको छैन ।

 

यसअघि एक जनालाई कोरोना लागेर निको भएको थियो भने चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा पनि सङक्रमण देखिएको थियो ।

२०७६ चैत्र १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्