Rara Pharmacy

कोभिड १९ को संक्रमण रोक्न सक्रिय बन्दै वीरेन्द्रनगर नगरपालिका

सेरोफेरो
कोभिड १९ को संक्रमण रोक्न सक्रिय बन्दै वीरेन्द्रनगर नगरपालिका

१२ चैत्र । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई फैलिन नदिन विभिन्न प्रतिकार्य गतिविधीहरु संचालन गरिरहेको छ । नगरपालिकाले सम्पूर्ण वडाहरुमा कोरोना संक्रमण विरुद्ध समन्वय समिति गठन गरी जनचेतना, माईकिङ्ग आदि गरी प्रत्येक टोलमा जिल्ला बाहिरबाट आएका ब्यक्तिहरुलाई निगरानी गर्ने ब्यवस्था मिलाईएको जनाएको छ ।

 

साथै जन उच्च माबि, श्रीकृष्ण संस्कृत मावि र विभिन्न सँस्थाहरुसँग समन्वय गरी करिव १०० शैया जतिको क्वारेन्टाईन तयार गरिएको जनाएको छ जसमा ६० सेट बेड नगरपालिकाले तयार गरेको र बाँकी निकायमा भएकै बेड प्रयोग गर्ने गरी ब्यवस्थापन भएको जानकारी नगरपालिकाले दिएको छ ।


फ्रान्सबाट आएकी भनिएको संक्रमित किसोरी सवार विमानमा सवार र अन्य ३,४ जना सम्भावित जोखिम भएका बिदेशबाट आएका ब्यक्तिहरुलाई आ आफ्नो घरमा होम क्वारेन्टाईनमा राखी परिवारलाई समेत सजग र वडा तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा राखिएको नगरपालिकाले जानकारी दिएको छ ।


स्वास्थ्यकर्मीहरु, दमकलको टोली र फोहरमैला ब्यवस्थापनको टोलीलाई चौबिसै घण्टा तयारी राखीएको र स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम् आवश्यक पर्ने सुरक्षा सामग्री (PPE) स्थानीय स्तरमै तयार गर्ने कार्यसमेत भइरहेको जनाएको छ ।

 

कार्यवाहक नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, वातावण विपद शाखा प्रमुख र अन्य सरोकारवालाहरु बीचमा सिधा सम्पर्क (आन्तरिक संचार सेट walkie talkie) मार्फत र टेलीफोनबाट प्रहरी प्रशासन सँग समन्वयमा समेत गरिरहेको नगरपालिकाले जानकारी दिएको छ ।

 

साथै जिल्ला प्रहरी र उद्योग बाणिज्यसँगको सहकार्यमा नगरपालिकाको दमकल प्रयोग गरी नगरपालिका, जिप्रका, जिल्ला प्रशासन, विभिन्न सरकारी तथा नीजि स्वास्थ्य सँस्थाहरुमा क्लोरिनयुक्त डिसईन्फेक्ट विषादि छर्कने कार्य समेत भईरहेको जनाएको छ ।

२०७६ चैत्र १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्