Hilsa Yatayat

दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो

दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो

सेरोफेरो
१४ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचनमा ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ७०.५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

 

बुधवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रदेश नम्वर १, ५ र ७ का ३५ जिल्लाका मतदाताहरुले उत्साहका साथ मतदान गरेका थिए । छिटफुट घटनाहरु भएतापनि निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको आयोगको दाबी छ ।

 

कान्तिपथमा पत्रकार सम्मेलन गर्दे आयोगले सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको जनाएको छ । मतगणना आजैबाट थालिने प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पत्रकार सम्मेलनमा जानकारी दिए ।

२०७४ असार १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्