Tiwari Bhada Pasal

आज राष्ट्रिय धान दिवस, मुठी रोपेर मुरी उब्जाउने दिन

आज राष्ट्रिय धान दिवस, मुठी रोपेर मुरी उब्जाउने दिन

फाईल तस्विर

सेरोफेरो
१५ असार, सुर्खेत । मुठी रोपेर मुरी उब्जाउने आजको दिन अर्थात असार १५ गतेका दिन देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । आजको दिनलाइ रोपाइ जात्रा, दहीच्युरा खाने र हिलो खेल्ने दिनका रुपमा लिइन्छ । कृषि प्रधान देश नेपालमा यस दिनलाइ महत्वका साथ लिइन्छ । कृषकहरुका लागि मुठी खायर मुरी उब्जाउने समय हो असार महिना ।

 

विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने गरेको हो ।


असार पन्ध्रलाइ रोपाइ गर्ने दिनको शुरुवातको रुपमा लिइन्छ । यस दिनदेखि कृषकहरुले आलोपालो रुपमा आ आफ्ना खेतमा धान रोप्ने गर्दछन् । अर्मपर्म को प्रथा अझैपनि संस्कृतिको रुपमा रहेको नेपालमा हलि, बाउसे, रोपार र ब्याडेले रोपाइमा आ आफ्नो जिम्वेवारी पुरा गर्ने गर्दछन् ।


रोपाइमा असारे वा रोपाइका गितहरु गायर समेत मनोरञ्जन गरिन्छ । युवा युवतीहरु असारे गितसंगै हिलो छेप्ने र रमाइलो गर्ने गर्दछन् । रोपाईमा केटा र केटिले गितबाटै सवाल र जवाफ गर्ने गर्दछन् ।

 

"छुपुमा छुपु खेतमा रोपौं धानको विउ छदै, मिठै र खाम्ला राम्रैमा लाम्ला चेलीको जिउ छँदै (केटा)" । जवाफमा "बाउसे गर्नु, मेलो बनाउनु धानको विउ छँदै, मिठैमा खाउला, राम्रैमा लाउला माइतीको जिउ छँदै (केटी)।"

 

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । धानलाइ नेपालको मुख्य खाद्य बालिको रुपमा लिइन्छ ।

२०७४ असार १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्