Rara Pharmacy

सालकोटमा दन्त परिक्षण

सालकोटमा दन्त परिक्षण

तस्बिर: रमेशकुमार पाण्डे

सेरोफेरो
७ साउन । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजना र मध्यपश्चिम डेन्टल केयर होमको प्राविधिक सहयोगमा  एक दिने निशुल्क दन्त परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।


पञ्चपुरी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा शनिबार आयोजना गरिएको परिक्षणमा दुई सय ५० जना सहभागी भएका थिए । जसमध्ये एक सय ५० जनाको किरा लागेको तथा खराब दाँतहरुलाई निकालिएको  र ४५ जनाको खालि ठाउंमा दाँत भरिएको मध्यपश्चिम डेन्टल केयर होमका सञ्चालक जीवन बन्जाडेले बताए ।


डाक्टर सञ्जिव महत, नारायण महतो, दन्त रोग विशेषज्ञ डाक्टर मुक्ति रानाभाट, दन्त सहायक जीवन बन्जाडे र सिनियर अहेव डील्ली सापकोटाको टोलिले दाँत परिक्षण गरेको थियो ।

२०७४ साउन ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्