Tiwari Bhada Pasal

किन हुन्छ सडक दुर्घटना ? दोषी को ?

किन हुन्छ सडक दुर्घटना ? दोषी को ?

अावरण तस्बिर : गुगल

सेरोफेरो
२६ साउन । दिनहुँजसो हुने सडक दुर्घटनाबाट धेरै मानिसले ज्यान गुमाउनुपरेको यथार्थ हामीसामु छ । किन हुन्छ त सडक दुर्घटना ? सडकमा जथाभावी गर्दा वा यात्रु, सवारी साधन र सडकको तालमेल नमिल्नुले पनि दुर्घटना निम्त्याउँछ । सडक वा सवारी नियमहरु पालना नहुँदा वा चालकको लापरवाहीले पनि दुर्घटना हुन्छ । सडक यात्रामा हुने जोखिम कम गर्न तथा सडक दुर्घटनाबाट बच्न के गर्न सकिन्छ ? सेरोफेरोका लागि सीता वलीले गरेको सडक संवाद ।


चेतन भट्टराई, इन्चार्ज
मध्यपश्चिम यातायात व्यवसायी संघ

Chetan 1‘पुराना सडकको पुनःनिर्माण हुन सकेको छैन । सडकका खाल्डालाई तर्काएर जान्छु भन्दा बढिजसो दुर्घटना हुन्छ । सवारी चालकलाई अनुमतिपत्र दिंदा हुने अनियमितताको कारण पनि दुर्घटना बढेको हो ।


सवारी दुर्घटनाको दोषी सरकार हो । सडकको क्षमता भन्दा बढी भार बोक्ने गाडी सडकमा गुड्छन् । ट्राफिक नियमको पालना कडाईका साथ गराउन सकेको छैन । विद्यालय क्षेत्र, पहिरो जानसक्ने क्षेत्र, मोडहरुमा संकेत चिन्ह छैनन् ।


सवारी दुर्घटना न्युनीकरणको लागि विभिन्न सरकारी तथा गैर सरकारी निकायमार्फत सवारी चालकलाई तालिमको व्यवस्था गरिनु पर्छ । सवारी चालक अनुमतिपत्र दिंदा परीक्षण गरी चालकको क्षमता छ वा छैन ? विचार गरेर मात्र दिनुपर्छ । सडकको पुनःनिर्माण गरिनुपर्छ । सडक फराकिलो, खाल्डाखुल्डी नभएको हुनुपर्छ । ट्राफिक नियमको पालन गर्ने गराउने कार्यमा सबैको ध्यान जानु जरुरी छ ।


नमराज थापा, सह–इन्चार्ज
देउती नागरिक यातायात प्रालि

Namaraj 2बाटोको कारण सवारी दुर्घटना हुन्छ । चालकको लापरवाही र मेशिनमा देखिने खराबीका कारण पनि सवारी दुर्घटना हुने गर्छ । चालक, सरकार र यात्रु सबै यसमा दोषी छन् ।


चालकले पनि सवारी साधनको स्थिति हेरेर तथा मादक पदार्थ सेवन नगरी सवारी चलाउनु पर्‍यो । यात्रुपनि सिटमा मात्र बसेर जानु पर्छ । सडकको मर्मत नगर्ने सरकार त मुख्य दोषी हो । सवारी चालकलाई तालिमको व्यवस्था गर्ने र ट्राफिक प्रहरीले पनि राजश्वको भन्दा जनताको माया गर्न सिक्नुपर्छ ।


सुमन अधिकारी, यात्रु
अछाम

Suman 3

चालकको लापरवाहीका कारण अधिकांश सवारी दुर्घटना हुने गर्छ । ट्राफिक प्रहरी पनि राज्यको लागि राजश्व भन्दा पनि आफ्नो लागि राजश्व उठाउन तल्लीन छन् । खराब बाटोको कारण पनि सवारी दुर्घटना भइरहेको छ । दोषी सरकार हो ।


चालकलाई आवश्यक परामर्श दिनुपर्छ । तालिमको व्यवस्था गरिनुपर्छ । यात्रुलाई पनि कडाई गर्नु पर्दछ । क्षमता भन्दा बढी यात्रु हाल्ने प्रवृतिकोे अन्त्य गर्नु पर्छ । बाटोको सुधार गर्नुपर्छ ।


संगीता सोनी, यात्रु
पञ्चपुरी नगरपालिका २ सुर्खेत

Sangita Soni

 

चालकको लापरवाही, बाटोको खाल्डाखुल्डी र पुराना सवारी साधनको कारण दुर्घटना हुन्छ । दोषी सरकार नै हो । सरकारले बाटो निर्माणमा विशेष ध्यान दिनुपर्छ ।

 

असार मसान्तमा हतार हतार बजेट सक्ने र यात्रा धरापमा पार्ने प्रवृत्ति खराब छ । सडक निर्माणमा हतार नगरी वर्षाको समय बाहेक अन्य समयमा सडक निर्माण गर्नुपर्छ । सवारी चालक अनुमतिपत्र दिंदा हुने अनियमितता रोक्नुपर्छ । ट्राफिक प्रहरीले पकेट भर्ने बानी छोड्नु पर्छ ।

 

मानबहादुर बस्याल, सवारी चालक (दिवा सेवा, सुर्खेत–नेपालगञ्ज)
देउती यातायात प्रालि

man bha 5ट्राफिक नियमको पालनामा कमी, भत्किएको बाटो र यात्रुको हतारमा यात्रा गर्ने बानीका कारण दुर्घटना हुन्छ । धेरै दोषी सरकार हो । सरकार कडाईका साथ प्रस्तुत हुनुपर्छ ।

 

यात्रुलाई सचेतना, चालकलाई तालिम, ट्राफिक प्रहरीलाई नियमको पालना कडाईका साथ गर्न निर्देशन, बाटोको स्तरोन्नति गरे दुर्घटना कम हुन्छ ।

 

भक्तबहादुर परियार, सवारी चालक (रात्री सेवा, सुर्खेत–काठमाडौं)
मध्यपश्चिम यातायात व्यवसायी संघ

Bhakta b 6बाटो राम्रो तथा फराकिलो नहुनाले र सवारी चाप बढी हुनाले दुर्घटना हुन्छ । दुर्घटनाको मुख्य दोषी सरकार नै हो । राजश्वको लोभले यात्रु र चालकले गरेको गल्तिलाई पैसासंग साट्ने प्रवृत्ति छ । अत्याधिक मात्रामा भित्र्याइएका सवारी साधन गुड्ने सडक छैन ।

 

सडकको स्तरोन्नति गर्ने, फराकिलो र खाल्डाखुल्डि रहित बाटो बनाउने, बाटो निर्माणको जिम्मा पाउने निकायलाई सरकारले कडाई गर्न सकेमा मात्र दुर्घटना कम हुन्छ । सडक निर्माणका लागि आएको रकम पुरै खर्च नगरी झारा टार्ने प्रवृति छ । त्यसको अन्त्य गर्नुपर्छ ।


मोहन कुमार आचार्य, प्रमुख
जिल्ला प्रहरी कार्यलय, सुर्खेत

Mohan Acharya 7चालकको लापरवाहीका कारण सवारी दुर्घटना हुन्छ । चालकले गाडीको स्टेरिङ समाएपछि यात्रुलाई गन्तव्यमा पुर्‍याउने उसको कर्तव्य हो । समयको ख्याल गर्नुपर्छ । एकै ठाउँमा धेरै बेर रोक्ने अनि हतारमा दौडाउने गर्दा दुर्घटना हुन्छ । प्रहरी सबै ठाउँमा पुग्न सक्दैन । चालक स्वयं जिम्मेवार हुनुपर्छ ।


दोषी चालक नै हो । मदिरा खाएर लापरवाह तरिकाले सवारी चलाउँदा सवारी दुर्घटना हुन्छ । कहिले काहीं मेशिनको खराबीका कारण पनि सवारी दुर्घटना हुन्छ ।


चालक जबसम्म अनुशासित हुँदैन तबसम्म सवारी दुर्घटनाको अन्त्यको कल्पना गर्न सकिंदैन । सवारी दुर्घटनामा चालक नै सबैभन्दा बढी जिम्मेवार हो ।

 

बलबहादुर वली, प्रहरी हवल्दार
जिल्ला ट्राफिक कार्यलय, सुर्खेत

Bal b 8चालकको लापरवाही र सडकका खाल्डाखुल्डीले पनि सडक दुर्घटना हुन्छ । यसमा मुख्य दोषी चालकनै हो । दुर्घटना नियन्त्रणका लागि चालकको योग्यता तोक्नुपर्छ । बाटोका खाल्डाखुल्डी पुर्नपर्छ ।

 

चालक अनुमति पत्र नियमित रुपमा दिने व्यवस्था गर्नुपर्छ । दुर्घटना हुनसक्ने ठाउँमा साङ्केतिक चिन्ह प्रयोग गरिनुपर्छ । ट्राफिक जनशक्ति बढाउनुपर्छ । स्रोत साधनको कमी छ । गतिमापन यन्त्र, मापसे चेक यन्त्र आदिको व्यवस्था गर्नुपर्छ ।

 

दिपेन्द्र श्रेष्ठ, इन्चार्ज
काँक्रेविहार यातायात व्यवसायी संघ

Dipendra 9सवारी दुर्घटनाको प्रमुख कारण बाटो नै हो । बाटोमा खाल्डाहरु छन् जसका कारण सवारी दुर्घटना हुन्छ । प्रमुख दोषी सडक विभाग हो । सरकार नै दोषी हो ।

२०७४ साउन २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्