Birendranagar Municipality

सुर्खेतमा निषेधाज्ञाको प्रभाव (फोटो फिचर)

सेरोफेरो
सुर्खेतमा निषेधाज्ञाको प्रभाव (फोटो फिचर)

१ भदौ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सोमबारदेखि भदौ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । यसको प्रभाव वीरेन्द्रनगरमा पुर्णरुपमा परेको छ । छिटफुट बाहेक मानिसहरु बाटोमा देखिदैनन् । अत्यावसेक सेवाका बाहेक सवारी साधनहरु पनि गुडेका छैनन् ।

 

वीरेन्द्रनगर नगरपालिका वडा नं ४ ऐरिचोक नजिक डेरा गरी बस्ने टोपबहादुर डाङ्गी बसपार्क नजिक कामले निस्कीय तर ऐरिचोक नजिक सुरक्षाकर्मीले उनलाई चेतावनी स्वरुप केहि समय बाटोमा बस्न भन्यो । उनले आफु अत्यावसेक कामले गएको र छोडिदिन आग्रह गरिरहेका थिए ।

4

यसैगरी अन्य केहि युवाहरुलाई समेत सुरक्षाकर्मीले चेतावनी स्वरुप चर्को घाममा रोकेर राखेको दृष्यहरु देखिए ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले विहान ९ बजे सम्म दुध, फलफुल, ग्याँस लगायतका पसलहरु संचालन गर्न दिएपनि हाल पुर्णरुपमा बन्द गरिएको जानकारी दिए । प्रहरी प्रमुख भट्टका अनुसार निषेधाज्ञाको उलंघन गर्नेलाई एक सय जरिमाना समेत गरिएको बताए ।

1

2

3

5

तस्विर : गणेश ओली (सेरोफेरो)

२०७७ भदौ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्