Birendranagar Municipality

अनलाइन कक्षाको शुल्क लिन निजी विद्यालयलाई सरकारको अनुमति

सेरोफेरो
अनलाइन कक्षाको शुल्क लिन निजी विद्यालयलाई सरकारको अनुमति

२५ भदौ । सरकारले अनलाइन कक्षाको शुल्क लिन निजी विद्यालयहरूलाई अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् ।

 

विद्यार्थी सिकाई सहजीकरण निर्देशिका बमोजिम निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

 

सरकारले कोरोना भाइरसका कारण कम्तिमा आगामी असोज १ गते भन्दा पहिला विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णय समेत गरेको छ । मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

२०७७ भदौ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्