Birendranagar Municipality

बालबालिका सेतो कपडा हुन्, जसमा सकारात्मक र जीवनमूखी रंग भरौ : प्रधानमन्त्री

सेरोफेरो
बालबालिका सेतो कपडा हुन्, जसमा सकारात्मक र जीवनमूखी रंग भरौ : प्रधानमन्त्री

फाईल तस्विर

२९ भदौ । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा प्रधानमन्त्री केपी शर्मा आलीले शुभकामना सन्देश व्यक्त गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले अभिभावकहरुमा अपिल गर्दे भनेका छन् – "बालबालिका कागजका त्यस्ता खाली पाना हुन्, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्दछ । बालबालिका सेतो कपडा हुन्, तिनमा जस्तो रंग लगायो जीवनको अन्त्यकालसम्म नमेटिने त्यस्तै छाप बस्न पुग्दछ । तसर्थ सिर्जनाका आधारभूमि हाम्रा यी बालबालिकामा सकारात्मक, सवल र जीवनमूखी रंग भर्न राज्य मात्र होइन, अभिभावक, परिवार र समाजले आफ्नो नैतिक आचरण मार्फत् सकारात्मक ज्ञान सम्प्रषेण गर्नु पर्दछ ।"

 

सन्देशमा भनिएको छ "सरकारले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ । नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९, बालबालिकासम्बन्धी अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौतालाई अनुमोदन गरी बालबालिकाको संरक्षण तथा बाल अधिकारको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता जनाएको छ । सरकार यस प्रतिवद्धताका कारणले मात्र होइन, बालबालिका देशको सवल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित छ ।"

 

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा स्थापित गरेको छ र जस अनुरुप सरकारले बाल अधिकार सम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियान अन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको शुभकामना सन्देशमा भनिएको छ ।

 

प्रधानमन्त्रीको शुभकामना सन्देशमा कोभिडका कारण यस वर्षको एसईई परीक्षामा प्रत्यक्ष संलग्नता जनाउन नपाउने बालबालिकालाई यसबाट दुःखीनहुन सन्देशमा आग्रह समेत गरिएको छ । यस वर्षको बाल दिवशको नारा ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ रहेको छ ।

 

२०७७ भदौ २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्