Birendranagar Municipality

अमेरिका निर्वाचन मतगणना परिणामः ट्रम्प भन्दा बाइडन अगाडी

सेरोफेरो
अमेरिका निर्वाचन मतगणना परिणामः ट्रम्प भन्दा बाइडन अगाडी

२१ कार्तिक । अमेरिकामा भएको मतगणनामा राष्ट्रपति ट्रम्पलाई पूर्ण उपराष्ट्रपति बाईडनले पछि पारेका छन् ।


५० मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन्।

 

अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन्।

 

ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई संयमितु हुन आह्वान गरे।

 

लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ, बाइडनले भने, तर 'प्रक्रियाले काम गरिरहेको छ।'

 

उता ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् । ट्रम्पले भने, 'यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु।'

 

हुलाकमार्फत्‌ गरिएको मतदान एकतर्फी भएको दाबी पनि ट्रम्पले गरेका छन्।

२०७७ कार्तिक २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्