Birendranagar Municipality

डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा विजयी

सेरोफेरो
डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा विजयी

२३ कार्तिक । अमेरिकाको राष्ट्रपतिमा जो बाईडन निर्वाचित भएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन २०२० को अमेरिका राष्ट्रपतिमा बिजयी भएका हुन् ।

 

सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् ।

 

बाराक ओबामाको आठ बर्षे कार्यकालमा उपराष्ट्रपति रहेका ७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन्।

 

डोनल्ड ट्रम्पको २१४ इलेक्टरल कलेज मत हुँदा निर्वाचित बाईडनको २७४ इलेक्टरल कलेज मत प्राप्त गरेका छन् । तर जितका लागि आवश्यक २७० मत मात्र आवश्यक हुन्छ ।बाईडन ४६औँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् ।

२०७७ कार्तिक २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्