Birendranagar Municipality

सुर्खेतमा देउसी भैलो खेल्न रोक

सेरोफेरो/सुर्खेत
सुर्खेतमा देउसी भैलो खेल्न रोक

२५ कार्तिक । स्थानिय प्रशासनले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ ।

 

जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दे तिहारमा खेलीने देउसी भैलो र अन्य भेलाहरु नगर्न अनुरोध गरेको छ । साथै बेलुका ७ बजे भन्दा पछाडी अत्यावसेक बाहेक व्यापार व्यवसाय, सवारी साधानहरु (लामो दुरी बाहेक) संचालन गर्न पाईने छैन ।

 

यसैगरी आतिजबाजी पटकाहरु समेत किनबेच र प्रयोग गर्न नपाईने प्रशासकीय अधिकृत श्रीसम्सेर राना मगरले जानकारी दिए ।


कोरोना संक्रमणबाट जोखीम कायम गरेकाले २ मिटरको सामाजिक दुरी कायम गर्न समेत प्रशासनले अनुरोध गरेको छ । उल्लेखीत कार्यको उलंघन गरेमा संक्रमण रोग ऐन २०२० तथा स्थानिय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।

 

Dao Surhet

२०७७ कार्तिक २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्