Birendranagar Municipality

आज यमपञ्चकको पाँचौ दिनः भाईटीकाको उत्तम साईत ११:३७ मा

सेरोफेरो
आज यमपञ्चकको पाँचौ दिनः भाईटीकाको उत्तम साईत ११:३७ मा

१ मंसिर । आज यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज (सोमबार) भाइटीका मनाइँदैछ । हिन्दुहरुको ठुलो दोस्रो पर्वको रुपमा यो पर्व मनाईदैछ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका मनाईन्छ ।

 

भाइटीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर टीका आज दिनभर लगाउन कुनै बाधा नपर्ने समेत समितिले जनाएको छ । भाइटीका लगाइदिने पूर्व र लगाइ माग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

 

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

 

तिहारमा सप्तरङ्गी टीका लगाउने भनिएपछि शास्त्रीय मान्यतामा भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

 

टीका लगाइ दिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिइ सम्मान गर्ने परम्परा छ ।

२०७७ मंसिर १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्