Birendranagar Municipality

के हो लोसार? यस्ता छन् विशेषताहरु!

रिता शेर्पा
के हो लोसार? यस्ता छन् विशेषताहरु!

३० माघ । नेपालमा शेर्पा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङ आदिले मनाउॅंदछन् । लोसार चाडको सम्बन्ध पुरानो साललाई बिदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गासिएको छ । उदाहरणको लागि पश्चिम मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साझ र नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो । तामाङहरुले नयाँ साललाई ‘ल्होछार’ र अन्य समुदायले नयाँ साललाई ‘लोसार अथवा ल्होसार’ भनेर सम्बोधन गरेको पाइन्छ । नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने लोसार (नयाँ साल) को गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् ।

 

प्रत्येक वर्षको लोसार (नयाँ साल) को गणना र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ वटा धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नामहरुः मुसा–चीवा, गोरु–लाङ, बाघ–तक, ह्ये–खरायो, मेघ–डुक, सर्प–डुल, घोडा–ता, भेंडा–लुक, बाँदर–टे, चरा–च्या, कुकुर–खी र ब“देल–फक हुन । ५ धातुहरुः माटो–स, आगो–मे, काग–सिङ, फलाम–च्या र पानी–छ्यु हुन् भने २ लिङ्गहरु पुरुष–फो र स्त्री–मो हुन् । १२ जनावरको नाम, ५ धातु र २ लिङ्गको सहायताले १२० वर्षसम्मको गणना गर्न सकिन्छ ।

 

नेपालमा हालसम्म तोलो लोसार, सोनाम लोसार र ग्याल्बो लोसार गरी तीन प्रकारको लोसार मनाईने गरेको पाइन्छ । तोलो लोसार प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पुष महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयां पालुवा फेरिने र यहाबाट नै रात छोटो र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई नया सालको रुपमा मनाएको पाइन्छ । यो तोलो ल्होछार गुरूङ र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाइन्छ ।

 

सोनाम लोसार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट शुरु हुन्छ । कालचक्र ज्योतिष शास्त्रमा माघे संक्रान्तिबाट नया खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरुले यसलाई नया साल (लोसार) को रुपमा मनाएको विश्वास गरिन्छ । त्यसैले यस लोसारलाई किसान लोसार भन्ने पनि गरिन्छ । नेपालमा सोनाम लोसार तामाङ र ह्योल्मो समुदायहरुले मनाइन्छ ।

 

ग्याल्पो लोसार यो लोसार कुन ज्योतिष शास्त्रमा आधारित छ भन्ने यकिन छैन । यद्यपि हिमाली आदिवासीको पात्रो ९धतु० अनुसार नया सालको पहिलो दिनलाई लोसारको रुपमा मनाएको देखिन्छ । यो सोनाम लोसार मंगोल वादशाह चाङगिच खाले तिब्बतको राजा मिञागको शासन लिएको विजय उत्सवको रुपमा मनाएको विश्वास गरिन्छ । यो लोसार शेर्पा, लामा तथा भोटे समुदायहरुले मनाइन्छ ।

 

घर रङ्गाउने र खाप्से बनाउनेः

लोसार शुरु हुनुभन्दा केही महिना अगाडिदेखि नै लोसारको पूर्व तयारीको क्रममा घरहरुमा रङ्ग पोत्ने, लोसारको लागि आवश्यक लुगाहरु सिलाउने र लोसारको लागि किनमेल गर्ने गर्दछन् । लोसार शुरु हुनुभन्दा हप्ता–दश दिन अगाडि खाप्से (मैदाको पिठोबाट बनाइने विभिन्न आकार प्रकारको रोटीको परिकार) बनाईन्छ ।


लोफुतः
लोफुत (अन्न रोपेर उमार्ने) आफ्नो ठाउॅंको हावापानी अनुसार लोसारको पहिलो दिन २०७७ माघ ३० गते तद्नुसार २०२१ फेब्रेुअरी १२ सम्ममा उम्रिने गरी एउटा भाडामा माटो र बालुवा मिसाएर त्यसमा गहुको बीउ राखेर उमारिन्छ । यसरी उमे्रको गहुलाई नया सालको नया बालीको रुपमा पूजा गरिन्छ । पूर्णिमा दिनमा रोप्ने चलान छ।

 

गुथुकः
लोसार शुरु हुनुभन्दा २ दिन अगाडि अर्थात् ङिस्यु गु (औसीको अघिल्लो दिन) २०७७ माघ २८ गते २०२१ फेब्रुअरी १० मा आफ्नो घरको भित्री भागहरु पूरै सफा गरिन्छ । यसरी घर सफा गर्दा निस्केको फोहोरलाई ग्रह–दशाको प्रतिक ठानेर सो फोहोरलाई दोबाटो बा चौबाटोहरुको चोकमा फालेर आ–आफ्नो परिवारको ग्रह दशालाई शान्त र बिसर्जन गरिन्छ । यही दिन साझ नौ प्रकारको अन्नहरु मिसाएको खाना गुथुक खाइन्छ । गुथुकमा आँटाको डल्लाभित्र सेतो कपडा, गहु, कागज, खुर्सानी, कोइला, घ्यू र नुन आदिका सानो टुक्रा राखेर पकाएको आँटाको एक–एक डल्ला सबैको भागमा राखिन्छ र गुथुक खानुभन्दा अगाडि सो आ“टाको डल्लोभित्र कसको भागमा के परेर भनेर सबैले अगाडि खोलेर हेरिन्छ । सेतो कपडाको अर्थ कामना पूरा हुने, गहुको अर्थ सम्पत्ति बढ्ने, कागजको अर्थ विद्वान हुने, खुर्सानीको अर्थ खरो बोली बोल्ने, कोइलाको अर्थ कपट मन हुने, घ्यूको अर्थ चिप्लो बोली बोल्ने र नुनको अर्थ योजना सफल हुने भनेर अर्थ लगाइन्छ । बौद्ध, कपन, स्वयम्भूका साथै गाउघरको मुख्य गुम्बाहरुमा बिदाइ हुने सालको ग्रह–दशाले नया सालमा निरन्तरता नपाओस् भनेर ग्रह–दशा शान्त र बिसर्जन गर्न गुम्बाहरुमा बिहानदेखि नै ङिस्युगु पूजा गरिन्छ । यो पूजा सक्नसाथ अधिकांश गुम्बाहरुमा लोसारको बिदा शुरु हुन्छ र लामाहरु लोसार चाडको लागि सबै आ–आफ्ना घर जान्छन् । युकेमा कडाईको साथ लकडाउन भएको हुनाले यस बर्ष शेर्पा संघ बेलायतले गुथुक कार्यक्रम र स्थागित गरिएको छ।

 

सजावटः

लोसार शुरु हुनुभन्दा १ दिन अगाडि अर्थात् २०७७ माघ २९ गते तद्नुसार २०२१ फेब्रेुअरी ११ औंशीको दिन सबैले आफ्नो घरलाई विभिन्न सामग्रीहरु प्रयोग गरेर सजाईन्छ । यसरी घरहरु सजाउदा विशेषता सम्बोटा लिपीमा टासी देलेक लेखिएका वाक्यांश र अष्टमंगलको चिन्हहरु सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनहरुमा लेखिन्छ । गाउंघरमा आगोको धुंवाले पुरै कालो भएको भित्ता, दलिन र खम्बाहरुमा सेतो पिठोले अष्टमंगल लेखिएपछि घर धेरै उज्यालो देखिन्छ । अष्टमंगल लेख्न नजान्नेहरुले अष्टमंगलको प्रतिक बुढी औंलाले पीठोको आठवटा थोप्ला बनाइन्छ । यहि दिन विशेष गरी पूजा कोठालाई पूर्ण रुपले सिंगारेर भगवानको प्रतिमूर्ति वा फोटो अगाडि नै स–साना सातवटा भांडामा क्रमशः मुख धुने जल (अघ्र्यम), गोडा धुने जल (पाद्यम), फूल (पुष्पे), धुप (धुपे), छयोमी (आलोक), केशरको जल (गन्धे) र भोजन प्रतिक तोरमा (नैवेद्य) सजाएर राखिन्छ । साथै भगवानको प्रतिमूर्ति वा फोटो राखिएको स्थान (छ्योखाङ) अगाडि पुङ्गी अम्जो (गधाको कानको आकारमा बनाएको विशेष प्रकारको मैदाको रोटी) लाई सात वा नौ चाङ लगाई त्यसमाथि दीर्घायूको प्रतीक कछुवाको आकार बनाएको रोटी, लोसारको बेला आफ्ना नातेदार, इष्ट–मित्रहरुलाई आर्शिवाद दिंदा खुवाउन विशेष प्रकारको काठको भाँडामा राखिएको छिमार (भुटेको पिठोमा घिउ र चिनी मिसाएको), काठको पोङभित्र राखेको छ्याङ फु (अमृत जलको प्रतीक पेय पदार्थ), ग्रह–दशाको प्रतिरक्षा गर्न राखिएको ‘डला’ (तरवार वा काट्ने हतियार), पञ्चबुद्ध, पञ्चतत्व र पाँच प्राकृतिक शक्तिको प्रतीक बोसको डण्डामा बेरिएर राखेको पञ्चरड्डिन कपडा र विभिन्न प्रकारको रोटी, मिठाइ तथा बिस्कुटहरु सजाएर राखिन्छ । लोसारका पाहुनालाई बसाल्ने ठाउँ र खुवाउने खानाहरु सबै तयार पारेर राखिन्छ ।

 

लोसारको पहिलो दिन गर्ने कार्यहरुः


चोखो पानीः
लोसारको पहिलो दिन अर्थात् २०७७ माघ ३० गते तद्नुसार २०२१ फेब्रुअरी १२ बिहान सबेरै तीनरचार बजे उठेर हात–मुख धोएपछि सिधै जमिनबाट पानी निस्कने धारामा गएर धारालाई करक्याङ (घीउको थोप्ला), खादा र धुप चढाएर पूजा गरेर पानी थापेर घरमा ल्याइन्छ । धारामा पानी लिन सबै भन्दा पहिला पुग्नेको होड नै चल्छ ।

 

साङ सेरकिमः
यसरी ल्याएको पानी सर्वप्रथम भगवानलाई तिङ ९भगवानलाई पानी चढाउने स–साना सातवटा भा“डा० मा हालेर चढाइन्छ र साङ सेरकिम ९अशुद्धलाई चोख्याउने० पूजा गरिन्छ । नया सालको खान परिकार पहिले भगवानलाई चढाउन लोसारको खानाहरु डेसिल ९चामलको खानाको परिकार० खाप्से ९रोटीको परिकार० र अन्य लोसारको खाना सबैभन्दा पहिले भगवानलाई चढाइन्छ ।


आशिर्वादः
घरको मुली व्यक्तिले छिमार (सगुनको प्रतिक सेतो पिठोको परिकार) र अमृत जल (छयाङ फु) लाई ३ पटक आकाशतिर छर्किसकेपछि एक चम्चा हत्केलामा राखेर खाने गर्छ र अलिकति सगुनको लागि दाया कुममा छर्किन्छ । त्यसपछि घरका सबै सदस्यहरुले नयाँ वा सफा लुगा लगाएर लोसारको छिमार खाना तयार हुन्छन् । छिमार दिंदा पहिला एक चम्चा हत्केलामा खानाको लागि दिइन्छ र अलिकति सगुनको लागि केटा हो भने दाया“ र केटी भए बाया कुममा छर्किन्छ । छिमार छर्किंदा दिनेले “टासी देलेक फुन्छोम छोक” र लिनेले “तेन्दु देवर थोपर स्योग” भन्छन् । छिमार स“गस“गै छयाङ्फु (अमृत जल) पनि लिइन्छ । घर परिवारका सबैले छिमार खाईसकेपछि सगुनको रुपमा सेतोको प्रतिक चामलबाट बनेको डेसिल खान्छन् । डेसिलपछि खाप्से रअन्य खानाका परिकारहरु खादै मनोरञ्जन गर्दै रमाइलो गर्दछन् । लोसारको पहिलो दिन आ–आफ्नै घरमा बसिन्छ । लोसारको पहिलो दिन शुभ तिथि भएमा घरको अगाडि आ“गनमा राखिएको पुरानो धजालाई झिकी नया धजा ठडाईन्छ । यदि यो दिन धजा ठडाउन शुभ दिन नपरेमा अन्य शुभ दिनहरुमा ठडाईन्छ ।


लुङ्दार र पिकनिकः लुङ्दार टाङ्ने प्रचलनको शुरुवात् भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुर बीचको लडाइ“मा देवताहरू पराजित भएपछि भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान) मार्फत् दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकोले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लङ्दार टाङ्ने प्रचलन शुरु भएको हो । लङ्दारको पाँच रंगको अर्थ पञ्चबुद्ध (ग्याल्वा रिङा) को रङ हो । लुङ्दारको सेतो रङको अर्थ बैरोचना बुद्ध (नम्बर नाङजे), निलो रङ अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा), पहेलो रङ रत्न सम्भव बुद्ध (रिङ्छेन जङ्देन), रातोको अमिताभ बुद्ध (नाङवाङ थाये), हरियोको अमोघसिद्धि बुद्ध (तोन योत ठुप्पी) हो । गणितीय ज्योतिष विद्याको आधारमा लुङ्दारमा पाइने पाच रङलाई धातुको रङ मानिन्छ । जस अनुसार सेतो–फलाम, नीलो–पानी, पहेंलो–माटो, रातो–आगो र हरियो–काठ धातु हुन् । लुङ्दारमा पाइने पाँच रंगले प्रकृतिका पाँच वस्तुलाई पनि जनाउदछ । निलो आकाश, सेतो बादल, रातो आगो, हरियो पानी, पहेलो धरती हुन् । लुङ्दार टाङ्नु अगाडि लुङ्दारलाई धर्मगुरुबाट अभिषेक (रप्ने) गरिन्छ ।

 

लोसारको दिन २०७७ माघ ३० गते तद्नुसार २०२१ फेब्रुअरी १२ देखि पूर्णिमासम्म धर्म गुरूहरु र आफ्ना मान्यजनहरुकोमा गएर छिमार खाई आशिर्वाद लिइन्छ । साथै आफ्नो जन्म मिति अनुसार शुभ दिनमा आफ्नै घरमा र अग्ला र स्वच्छ डांडामा दीर्घायू, सु–स्वास्थ्य र सफलताको कामना गर्दै व्यक्तिगत र सामूहिक तरच्यो ९धजा० ठड्याउने र लुङ्दार (पञ्च रड्डिन पताका) टागिन्छ । यसरी धजा ठड्याए र लुङ्दार टाँगेपछि पूजा गरिन्छ र अन्तमा सबैले हातमा सेतो सगुनको प्रतीक पिठो र चामल हातमा लिएर २ पटक आकाशतिर उचाल्दै तेस्रोपटक चाहि “कि‘ कि‘ सो‘ सो‘ होर ग्यलो” भनेर छर्किन्छ ।


लोसारको दिन २०७७ माघ ३० गते तद्नुसार २०२१ फेब्रुअरी १२ देखि पूर्णिमासम्म काठमाडौं उपत्यकाको बौद्ध, स्वयम्भु, काठे सिम्भू, नमोबुद्ध र जामचोकमा तरच्यो (धजा) ठड्याउने र लुङदार टांगेर कि कि सो सो होर ग्यालो भन्नेहरुको ठूलो भीड लागेको हुन्छ । यसरी मनाईने ल्होसार पर्वका दिन आज अर्थात माध महिनाको ३० गते नेपाल सरकाले सार्वजानिक रुपमा बिदा दिएको छ । नेपाल एक धर्मनिरपेक्ष राज्य हो । यहाँ सबै धर्मको सम्मान हन्छ र सबै धर्म एक हो भनि भनिएको छ । यसरी मनाईने ल्होसार पर्वका दिन आज अर्थात माध महिनाको ३० गते नेपाल सरकाले सार्वजानिक रुपमा बिदा दिएको छ । नेपाल एक धर्मनिरपेक्ष राज्य हो । यहाँ सबै धर्मको सम्मान हन्छ र सबै धर्म एक हो भनि भन्नुको साथै धर्म सम्बन्धी अधिकारलाई मौलिक हकको रुपमा आत्मसाथ गरी यसको विपरीत कार्य गर्नेलाई दण्डीत समेत गर्ने संवैधानिक व्यावस्था छ ।

 

नेपालको संविधान, २०७२ को धारा ४ ले नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनि भनिएको छ भने संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रतालाई मौलिक हकको रुपमा आत्मसाथ गरिएको छ । धारा २६ धार्मिक स्वतन्त्रताको हक : (१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ ।

(२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानून बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन ।

(३) यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ ।
अन्त्यमा, देश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरुलाई ल्होसारको धेरै धेरै शुभकामना र एउटै मात्र चाहना सुखी नेपाली ।

लेखीका अधिवक्ता हुन् ।

२०७७ माघ ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्