Birendranagar Municipality

इजलासभित्रै कर्मचारीहरु बिच कुटाकुट

सेरोफेरो
इजलासभित्रै कर्मचारीहरु बिच कुटाकुट

३ फागुन । ईजलासभित्र कर्मचारीहरु बिच कुटाकुट भएको छ । काठमाडौं जिल्ला अदालतको १४ नम्बर फाँटका कर्मचारीहरु विच बेन्च बसेको अवस्थामा न्यायाधिशको अगाडी कुटाकुट भएको हो ।

 

प्रत्यक्षदर्शी सेवाग्राहीका अनुसार ईजलासभित्रै शाखा अधिकृत गोकर्ण शर्मा र नायव सुब्बा नेत्र बास्कोटा बिच कुटाकुट भएको हो । उनले भने 'मैले दुवैजना कर्मचारीलाई बेन्चमा गएर छुट्याए र धेरै चोटपटक लाग्न पाएन ।'

 

जिल्ला न्यायाधिश प्रकाश चन्द्र अधिकारीको बेन्च शुरु भएको अवस्थामा कर्मचारीहरुले कार्यालयको कामको विषयलाई लिएर हात हालाहाल भएको एक कर्मचारीले बताए । उनले भने 'श्रीमानको अगाडी नै उहाँहरुले हात हालाहाल गर्नुभयो ।' शाखा अधिकृत शर्मालाई चोट लागेको छ भने इजलासमा भएको कम्प्युटरमा समेत क्षेती पुगेको छ ।

२०७७ फागुन ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्