Birendranagar Municipality

प्रश्नपत्रमा त्रुटी, एलएलएमका विद्यार्थी द्वारा परिक्षा बहिस्कार

सेरोफेरो
प्रश्नपत्रमा त्रुटी, एलएलएमका विद्यार्थी द्वारा परिक्षा बहिस्कार

५ फागुन । त्रिभुवन विश्वविद्यालय कानून संकाय अन्र्तगत एल.एल.एम तेस्रो सेमेस्टरको पश्नपत्रमा डिन कार्यालयको त्रुटीका कारण विद्यार्थीहरुले परिक्षा बहिस्कार गरेका छन् । कर्मर्सियल ल (बाणिज्य कानून) अन्तर्गतको प्रश्नपत्रमा कानून संकाय डिनको कार्यालयबाट त्रुटी भएपछि विद्यार्थीहरुले परिक्षा बहिस्कार गरेका हुन् ।

 

प्रश्नपत्रमा पहिलो सेमेन्टरको प्रश्नहरु र खारेज भएका कानूनका बारेमा प्रश्नहरु तयार गरेकोले परिक्षा बहिस्कार गर्नुपरेको एकजना परिक्षार्थीले जानकारी दिए । उता परिक्षाकेन्द्र रहेको महेन्द्ररत्न क्याम्पस ताहाचल क्याम्पसका प्रमुख कृष्ण प्रसाद ढकालले यसबारे डिन कार्यालयमा जानकारी गराई सकिएको बताए ।

 

कानून संकाय डिन कार्यालयका सहायक-डिन विनोद बस्यालका अनुसार चार सेमेष्टर र छ सेमेस्टरको प्रश्नपत्र साटफेर मात्र भएकोले परिक्षार्थीमा अलमल भएर परिक्षा स्थगीत भएको जानकारी दिए । उनले भने 'विद्यार्थीहरु संयम भई बसेको भए साटिएको प्रश्नपत्र व्यवस्थापन गरी परिक्षा संचालन हुने थियो, तर विद्यार्थीहरुले परिक्षा हल छोडेर परिक्षा हुन नसकेको हो ।' यसबारे छलफल र समिक्षा गरी स्थगित परिक्षा पुन संचालन गर्न सुचना जारी गरिने सहायक डिन बस्यालले बताए ।

स्थगित परिक्षाको प्रश्नपत्रहरु :

LLM Commercial 1

LLM Commercial 2

२०७७ फागुन ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्