Birendranagar Municipality

एमालेका ४ सांसद द्वारा शाहीको पक्षमा मतदान, कर्णालीका मुख्यमन्त्रीको पद जोगियो

सेरोफेरो
एमालेका ४ सांसद द्वारा शाहीको पक्षमा मतदान, कर्णालीका मुख्यमन्त्रीको पद जोगियो

३ बैशाख । एमालेका ४ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाही पद जानबाट जोगाएका छन् । ३९ जना सांसद रहेको कर्णाली प्रदेश सभाको विश्वास पाउन मुख्यमन्त्री शाहीलाई २० प्रदेश सभा सदस्यको मत आवश्यक थियो ।

 

एमालेका चार जना सांसदले पार्टी संसदीय दलको निर्णय विपरीत मतदान गरेसंगै मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका थिए । विपक्षमा १५ मत परेको छ ।

 

एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले 'फ्लोर क्रस' गरेर माओवादी केन्द्रका मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् । प्रकाश ज्वाला र नन्दसिंह बुढाले केही समय अगाडी मन्त्री पदबाट राजीनामा दिएका थिए ।


कर्णाली प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १२ जना सांसद छन् । यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका ६ जना सांसदले समेतमुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् । एउटा सदस्य मात्र रहेको राप्रपा तटस्थ रहेको थियो ।

२०७८ बैशाख ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्