Birendranagar Municipality

एमाले अध्यक्ष केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

सेरोफेरो
एमाले अध्यक्ष केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

३१ बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले मुलुकको ४३औं प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

 

संविधानको धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओलीलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ।

 

यसअघि प्रधानमन्त्री ओलीले गएको वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकी स्वतः पदमुक्त हुनुभएको थियो । राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार तीन दिनमा बहुमतको सरकार बनाउन राष्ट्रपतिले आह्वान गरे पनि कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

 

उहाँको शुक्रवार दिउँसो पद तथा गोपनीयताको शपथ हुने बताइएको छ । साथै प्रधानमन्त्रीले माधव नेपाल समुह र महन्त समुहलाई मन्त्रीमण्डलमा लैजाने गृहकार्य भईरहेको बताइएको छ ।

तस्विर : सेरोफेरो (फाईल तस्विर)

२०७८ बैशाख ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्