Birendranagar Municipality

केपी ओली द्वारा देशको ४३ औं प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण

सेरोफेरो
केपी ओली द्वारा देशको ४३ औं प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण

३१ बैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनुभएको छ।

 

शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।

 

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ ।

 

संविधानको धारा ७६ (२) बमोजिम गठबन्धन सरकारका लागि दिएको समयसीमा भित्र अन्य दलले बहुमत पुर्‍याउन नसकेपछि संविधानको धारा ७६ (३) बमोजिम सवैभन्दा धेरै सदस्य भएको दलको नेताको हैसियतमा राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुत्ति गर्नुभएको हो ।

 

यसैगरी उपप्रधानमन्त्रीमा ईश्वर पोख्रेलले सपथ लिनुभएको छ । सोही समारोहमा साविकका सवै मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

 

तेस्रो पटक प्रधानमन्त्री बनेका ओली कम्युनिष्ट पार्टीको सवैभन्दा धेरै पटक प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनुभएको छ । साथै मुलुकको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिनुभएको हो ।

२०७८ बैशाख ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्